आइपुग्यो चीनबाट खोप

२५ असार ७८, शनिबार

२६ असार, काठमाडौँ ।

चीनसँग खरिद गरिएको आठ लाख नौ हजार छ सय मात्रा कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले चीनबाट नेपाल सरकारले खरिद गरेको खोपमध्ये पहिलो चरणमा आठ लाखभन्दा बढी खोप आएको जानकारी दिए ।

चीनको राजधानी बेइजिङबाट खोप लिएर नेपाल एयरलायन्सको वाइडबडी विमान शुक्रबार बिहान साढे ६ बजे काठमाडौँ अवतरण गरेको थियो । उक्त खोप टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ ।

सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ५५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने तयारी गरेको छ । चीनसँग नेपाल सरकारले ४० लाख मात्रा भेरोसेल खोप खरिद गरेको हो ।

परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले उक्त खोप छिट्टै सबै प्रदेश तथा जिल्लामा पठाइने जानकारी दिए । राष्ट्रिय खोप कार्यान्वयन योजनाअनुसार नै खोप लगाइने जानकारी दिँदै उहाँले अब दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप दिइने बताए ।

सरकारले ५५ देखि ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप दिने तयारी गरेको छ । यसअघि काठमाडौँ उपत्यकामा ६० वर्षभन्दा माथि र उपत्यकाबाहिर ६२ वर्षभन्दा माथिका उमेर समूहलाई खोप लगाइएको थियो । सरकारले ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पनि अबको खोपको प्राथमिकतामा पर्नेछन् ।

खोप शाखा प्रमुख डा. गौतमले यस विषयमा आधिकारिक निर्णय नभए पनि राष्ट्रिय खोप कार्यान्वयन योजनाअनुसार खोप लगाइने प्रष्ट पारे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३ लाख ७१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्, जसमध्ये पहिलो मात्रा २६ लाख ११ हजार ८०७ र दोस्रो मात्रा सात हजार ५९ हजार ९५४ जनाले लगाएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top