माओवादी केन्द्र वैधानिक, बादल समूहको दाबी खारेज

२७ असार ७८, आइतबार
Share this
797shares

२७ असार, काठमाडौं ।

Advertisement

नेकपा एमालेमा लागेका पूर्व–माओवादी नेताहरूले माओवादी केन्द्र अवैधानिक रहेको दाबी निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ ।

माओवादी परित्याग गरेर एमालेतिर गएको रामबहादुर थापा बादल समूहका टोपबहादुर रायमाझी, प्रभु साह, लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायत नेताहरुले अधिवक्ता सरोज बुढाथोकीमार्फत् असार २३ गते दल अवैधानिक रहेको भनी दिएको निवेदन आयोगले खारेज गरिदिएको हो ।

Advertisement

आइतबार बसेको आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुको बैठकले माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको हो ।

यस्तै, अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरेर निर्वाचन आयोगमा दिएको अर्को निवदेन पनि आयोगले खारेज गरिदिएको छ । त्यसरी अन्य दलको लेटरप्याडको दुरुपयोग नगर्न आयोगले पराजुलीलाई सचेत समेत गराएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top