विराटनगर, असार १८
एसिया प्यासिफिक राष्ट्रका लेखा परीक्षणसम्बन्धि बैठक काठमाडौंमा आयोजना गरिएको छ । एसिया प्यासिफिक राष्ट्रमा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी योजना बनाउन लेखा परीक्षणसम्बन्धि एक दिने अन्तराष्ट्रिय बैठक सोमबार काठमाडौंमा आयोजना गरिएको हो ।
भ्रष्टाचारविरुद्धको अभियानमा सहकार्य गरिरहेका एशीया प्यासिफिक राष्ट्रका सरकारको सर्वोच्च निकायहरु सहभागी रहेको बैठक भ्रष्टाचार नियन्त्रणका लागि ठोस योजना तय गर्न बोलाइएको महालेखा परीक्षकको कार्यालयका निर्देशक चन्द्रकान्त भण्डारीले जानकारी दिए ।
बैठकमा एशीया प्यासिफिक अन्तरगतका ११ वटा राष्ट्रका भ्रष्टाचारसम्बन्धि नियमक निकायका प्रतिनिधिहरु सहभागी रहेका छन । विश्वका विभिन्न मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक योजना तय गर्दैै आएको ‘साई फाइटिङ करपशन’ नामक संस्थाद्धारा बैठक आयोजना गरिएको हो ।
बैठकमा भ्रष्टाचार नियन्त्रणको कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सहभागी राष्ट्रहरुबीच अनुभव आदानप्रदान हुने महालेखा परीक्षकको कार्यालयले जनाएको छ । निर्देशक भण्डारीले बैठक मुलुकमा बढ्दो बेरुजु घटाउन फलदायी हुने अपेक्षा गरिएको बताए ।