विराटनगर,असार १८
सांसदहरुले सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले डाक्टर गोविन्द केसीको अनसन, माईतिघर मण्डलामा प्रर्दशनमा रोक लगाउने सरकारी निर्णय लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
साथै उनीहरुले आआफ्ना क्षेत्रका समस्याका बारेमा पनि सम्बन्धी मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद भरत कुमार शाहले जुम्लामा अनसन बसेका डाक्टर गोविन्द केसीलाई धरपकट गरेको घटनाप्रति घोर आपत्ति जनाए । डाक्टर केसीलाई अध्याँरो कोठामा राखिएको भन्दै उनले प्रजातन्त्रलाई कुण्ठित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराए ।
माईतिघर मण्डलामा प्रर्दशनमा निषेध गरेर प्रजातन्त्रलाई अंकुश लगाई अधिनायकवादी प्रवृति देखाउने काम बन्द गर्न उनले सरकारलाई सचेत गराएका छन । यातायात क्षेत्रमा सिण्डिकेट अझै जारी रहेको भन्दै उनले सरकारद्धारा भ्रामक सन्देश प्रवाह नगर्न गम्भीर ध्यानाकर्षण गराएका छन । सांसद कल्याणी खड्काले रौतहट जिल्लाको सदरमुकाम गौरस्थित गौर राईस एण्ड फ्लोरलाई निजीकरण गर्ने प्रयास भईरहेको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराईन ।
गौर राईस मिलको अहिले ५ विघा १९ कठ्ठा १५ धुर जग्ग्गा निजीकरण गर्ने प्रयास भएकाले उच्चस्तरीय आयोग गठन गरि भुमाफियालाई कारवाही गर्दै सो जग्गा सरकारको स्वमित्वमा ल्याउन उनले माग गरेकी छिन । सांसद भैरवबहादुर सिंहले बझाङ जिल्लामा योङभेद कम्युनिष्ठ लिगको नामबाट गाउपालिकाका प्रमुखहरुलाई धम्क्याउने, अपमानित गर्ने तथा अपहरण सम्मको धम्की दिने गरेको भन्दै तत्काल अराजक गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रकाश रसाईलीले सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरे । उनले लिपुलेकका बारेमा सरकारले सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै प्रधानमन्त्रीसंगको प्रश्नउत्तरको समय पुन व्यवस्था गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए । उनले विदेशनीतिमान सरकार असफल भईसकेको दाबी गरेका छन ।