विराटनगर,असार १८
सभामुख कृष्णबहादुर महराले शुन्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले सरकारका नाममा रुलिङ गरेका हुन् । सांसदहरुले आफूहरुले सदनमा उठाएका सवाललाई सरकार र सम्बन्धित मन्त्रालयले वेवास्ता गरेको भन्दै सरकारको आलोचना गर्दै आएका थिए ।
सोमबार शुन्य समय र विशेष समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामुख महराले यस अघि पनि आफूले ध्यानाकर्षण गराएको स्मरण गराउदै पुन सांसदहरुले उठाएका महत्वपूर्ण विषयको जवाफ दिन सरकारको विशेष ध्यानाकर्षण गराएका हुन ।
लामो समयदेखि शुन्य समय र विशेष चल्दै आएको छ र माननिय सदस्यहरुले देशका विभिन्न घटनाक्रम संग सम्बन्धित महत्वपूर्ण गम्भीर विषय उठाएको छ तर नियमावलीको १५ को उपनियम २ मा सम्बन्धित मन्त्रीले ५ दिन भित्र जवाफ दिने उल्लेख गरिएको छ । शुन्य समय र विशेष समयपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।