मौसम सामान्य बद्ली : अबको तीन/चार दिन धेरै ठाउँमा ठूलो पानी नपर्ने

२९ असार ७८, मंगलबार

२९ असार, काठमाडौं ।

Advertisement

देशका धेरै ठाउँको मौसम अहिले सामान्य बद्ली भएको छ ।

काठमाण्डौ उपत्यकामा बिहानैदेखि घाम लागेको छ । अरु धेरै ठाउँमा पनि मौसम सामान्य रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

अहिले गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । आज दिउँसो मौसम बद्ली भइ धेरै ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।

प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अबको तीन÷चार दिन धेरै ठाउँमा धाम लाग्ने र मौसम सामान्य बद्ली हुने क्रम चलिरहने तर कतैकतै बाहेक ठूलो पानी नपर्ने मौसमविद् प्रधानाङ्गले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top