बङ्गलादेशमा इदका लागि एक हप्ता लकडाउन हटाइने

२९ असार ७८, बुधबार

३० असार, एजेन्सी ।

Advertisement

बङ्गलादेशमा इदका लागि एक हप्ता लकडाउन हटाइने भएको छ । इस्लाम धर्मावलम्बीहरूको इद उल अजहालाई लक्षित गरेर जुलाई १५ देखि २२ सम्म लकडाउन खुला गर्ने निर्णय भएको हो । इस्लाम धर्मावलम्बीहरूको चाड इद उल अजहा बङ्गलादेशमा यस वर्ष जुलाई २१ सम्म मनाइने भएको छ ।

लकडाउन खुला गरे पनि कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनुपर्ने बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले बताएका सिन्ह्वाले जनाएको छ । भीडभाड हुने ठाउँसहित पसलहरू, सपिङ मलमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ ।

Advertisement

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ६८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यो अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हो । बङ्गलादेशमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १० लाख ३४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य सेवा महा–निर्देशनालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top