देउवा पाँचौंपटक प्रधानमन्त्री

३० असार, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौंपटक प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) बमोजिम देउवाले गरेको दाबीलाई सदर गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सर्वोच्चको सो आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ (५) बमोजिम उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ गराएकी हुन् ।

Advertisement

योपटकसँगै देउवा पाँचौंपटक प्रधानमन्त्री हुने नेता भएका छन् । यसपटक भने उनी विपक्षी गठबन्धनबाट प्रधानमन्त्री बनेका हुन् । उनी यसअघि २६ भदौ २०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।

यसैगरी, ७ साउन २०५८ मा देउवा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए भने २० जेठ २०६१ मा उनी तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि चौंथोपटक २३ जेठ २०७४ मा प्रधानमन्त्री बनेका देउवालाई पाँचौंपटक प्रधानमन्त्री बन्ने अवसर जुटेको हो ।

Advertisement

देउवाले प्रधानमन्त्री नियुक्त भएसँगै सानो आकारको चुस्त मन्त्रिमण्डलसमेत बनाएका छन् । मन्त्रिपरिषद्मा सत्ता साझेदार दल माओवादी केन्द्रबाट र आफ्नो दलबाट उनले तत्काल दुई÷दुई मन्त्री बनाएका हुन् ।

गृह र कानुन कांग्रेस तथा अर्थ र ऊर्जा माओवादी केन्द्रले लिनेगरी शीर्ष तहमा भएको सहमतिअनुसार देउवाले हाल कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई साथ लिएका हुन् । यसैगरी, माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुषाललाई देउवाले ल्याएका छन् ।

देउवाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटको साटो पूरक बजेट ल्याउनेमा भन्दा निर्वाचनमा नै जाने मनसायसहित गृह र कानुन मन्त्रालय आफूसँग राखेको उनीनिकट नेताहरू बताउँछन् ।

‘अहिले देउवाजीको प्राथमिकता फरक छ, एमालेले ल्याएको बजेटको सट्टा पूरक बजेट ल्याउने सोच छैन, मन्त्रालयको सुरुवाती बाँडफाँडले पनि त्यही देखाउँछ, सरकार चुनाव केन्द्रित छ,’ प्रधानमन्त्री देउवा निकट कांग्रेसका एक नेताले भने ।

देउवाले मन्त्रिमण्डलमा ल्याएका खाँण पूर्वरक्षामन्त्रीसमेत हुन् । उनी तरुण दलका पूर्वअध्यक्षसमेत हुन् । उनको नेतृत्वका तरुणदल अनुशासित र बलियो संगठनका रूपमा स्थापित भएको थियो ।

गृहमन्त्रीमा देउवाले ल्याएका खाँण हक्की स्वभावका कांग्रेस नेता हुन् । उनलाई गृह मन्त्रालयको नेतृत्व दिनुमा लामो समय कम्युनिस्ट धारमा हिँडेको गृह प्रशासनलाई सुधार्ने पनि देउवाको लक्ष्य हो ।

यसैगरी, कानुनमन्त्रीमा ल्याइएका कार्की पूर्वअर्थमन्त्री हुन् । उनलाई कानुनी मन्त्रालयमा ल्याएर निर्वाचनका विषयलाई समेत कानुनी रूपमा सहज बनाउने लक्ष्य देउवाको रहेको बताइन्छ ।

यसैगरी, अर्थमन्त्रीमा आएका शर्मा पूर्वगृहमन्त्री पनि हुन् । उनलाई ल्याएर शक्ति सन्तुलनमा पनि माओवादी नेतृत्वसँगको सम्बन्ध देउवाले दह्रो बनाउने खोजेका छन् ।

यसैगरी ऊर्जामन्त्री भुषालसमेत सरकार सञ्चालनमा अनुभवी मानिन्छन् । उनलाई पहिलोपटकमा नै मन्त्रीमा ल्याउँदा महिला सहभागितामा पनि देउवाले अर्थपूर्ण सन्देश दिएका छन् ।

देउवाले आगामी मन्त्रिपरिषद् विस्तार गर्दा पनि सशक्त पात्र रोज्न चाहेका छन् । त्यसका लागि उनले पार्टीभित्र र गठबन्धनमा छलफल गरेर योग्य र दाग नलागेका अनुहार ल्याउन चाहेका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top