प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

२९ असार ७८, बुधबार

३० असार, काठमाडौँ ।

Advertisement

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् ।

राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । ’अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उनीसँग मिलेर काम गर्ने आशा गर्दछ’ राजदूत बेरीले भनेका छन् ।

Advertisement

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top