चीनमा एउटा होटलको भवन भत्किँदा कम्तीमा १७ जनाको ज्यान गयो

२९ असार ७८, बुधबार

३० असार, एजेन्सी ।

चीनमा एउटा होटलको भवन भत्किँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । भवन भत्किँदा अन्य ६ जना घाइते भएका छन् ।

शङ्घाईको नजिकको सहर सुजुमा रहेको एउटा होटल भत्किएको ३६ घण्टापछि उद्धार गरिएकोमा १७ जनाको ज्यान गइसकेको र ६ जना जीवितै रहेका बीबीसीले जनाएको छ । जीवित भेटिएका ६ जनामध्ये पाँच जना घाइते रहेका र एक जनालाई कुनै चोट पटक नलागेको बताइएको छ ।

भवनको निर्माणमै कमजोरी रहेका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ । सुरुमा तीन तला रहेको भवनमा पछिल्ला दिनमा तला थप्दै लगेको स्थानीयवासीले बताएका छन् ।

५४ वटा कोठा भएको भवनमा १८ जना रहेका विवरण प्राप्त भएकोमा थप पाँच जना पाहुना विना दर्ता बसेको पाइएको बीबीसीले जनाएको छ । यो घटना सोमवार स्थानीय समयअनुसार दिउँसो साढे तीन बजेतिर भएको थियो ।

चीनमा यसअघि पनि यस्ता घटना भएका छन् जसमा खराब निर्माण कार्यलाई दोष दिइने गरिएको छ । गएको वर्ष फुजिआन प्रान्तमा एउटा होटेल भत्किँदा २९ जनाको ज्यान गएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top