अदालतबाट अकारण हटाइएको हुँ : ओली

३० असार ७८, बुधबार
Share this
797shares

३० असार, काठमाडौं ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अदालतको असंवैधानिक फैसलाबाट हटाइएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै अदालतमा मुद्दा हालेर जनतामा जान नदिएर जनताको बाटो छेकिएको बताए ।

Advertisement

‘तीन वर्ष पाँच महिनाको कार्यकाल पूरा गरेर आएको छु। म जनताको जनादेशबाट हटेको होइन, अदालतबाट अकारण हटाइएको हुँ। अदालतको असंवैधानिक फैसलाबाट हटाइएको हो।’

ओलीले भने, ‘नेपाली जनताको अधिकार खोसिएको छ। नेताको मूल्याङ्कन गर्ने अधिकार खोसेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहाँ नभएको जात्रा नेपालमा भएको छ, आफूले गरेका कामको आत्मविश्वासका साथ जिम्मेवारी लिन जान्छौं। चुनाव हारेर प्रधानमन्त्रीबाट म हटेको होइन।’

Advertisement

उनले नेपाली जनताको स्वतन्त्रतामाथि अतिक्रमण भएको पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top