नेपालमा दुई करोड ५० लाख जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप चाहिने

३१ असार, काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई करोड ५० लाख जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप चाहिने जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना सङ्क्रमणको अहिलेको अवस्था, रोकथामका लागि भइरहेको प्रयास र खोपको विषयमा ब्रिफिङ गर्दै स्वास्थ्य मन्त्रालयका अधिकारीले दुई करोड ५० लाख जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले नेपालमा १८ वर्षमाथिका दुई करोड १५ लाख जना र १२ देखि १८ वर्ष उमेर समूहका ३५ लाख गरी साढे दुई करोड नागरिकलाई खोपको आवश्यकता पर्ने जानकारी प्रधानमन्त्रीलाई दिएको बताए ।

नेपालमा अहिलेसम्म १८ लाख २८ हजार जनाले कोभिशिल्डको पहिलो मात्रा र चार लाख ६० हजार सात सय ३४ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । यस्तै भेरोसेलको पहिलो मात्रा सात लाख ९२ हजार नौ सय जनाले र दोस्रो मात्रा ६ लाख ४८ हजार जनाले लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुवै डोज खोप लगाउनेको सङ्ख्या ११ लाख ९ हजार छ ।

यसैबीच नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका लागि पनि कोरोनाविरुद्धको खोप ल्याउने विषयमा स्वास्थ्य मन्त्रालयले छलफल थालेको छ । यो उमेर समूहलाई अमेरिकी फाइजर खोप प्रभावकारी हुने भएकाले कोभ्याक्स सुविधा अन्तर्गत खोप सहयोगको लागि पहल भइरहेको र उच्चस्तरबाट पनि आग्रह गर्न सकिने सुझाव स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।

यस्तै फाइजर खोप ल्याएमा नेपालमा भण्डारण र वितरणमा के–कस्तो प्रबन्ध छ भनेर प्रधानमन्त्री देउवाले जिज्ञासा राख्नुभएको थियो । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्नेमा त्यो सुविधा नेपालमा नभएको स्वास्थ्यका अधिकारीले बताएका छन् । तर खोप आउने सुनिश्चित भएमा युनिसेफ र अन्य अन्तर्राष्ट्रिय सङ्घ–संस्थाले भण्डारणका लागि सहयोगको वचन दिएका मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top