काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप : के खुल्यो, के खुल्न बाँकी ?

३१ असार, काठमाडौं ।

Advertisement

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ।

बिहीबार दिउँसो काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले भोलिदेखि १० गते सम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

Advertisement

थप गरिएको निषेधाज्ञामा काठमाडौं, भक्तपुर र ललितपुरका पसल खोल्ने समय एक घण्टा थप गरेको छ । असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

काठमाडौं जिल्ला प्रशासनको आदेश अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै सयमा पनि सञ्चालन गर्न पाउनेछन्।

Advertisement

रेष्टुरेन्ट तथा फास्टफुडको हकमा टेक अवे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न अनुमति दिएको पराजुलीले बताए । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमता भन्दा बढी नहुनेगरी सञ्चालन गर्न पाइनेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top