५.०९ प्रतिशतले लगाए पूर्ण खोप

१ साउन, काठमाडौं ।

नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना बनाएकोमा ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ४८ हजार १ सय ३४ जनाले भेरोसिलको दोस्रो मात्रा (पूर्ण खोप) लगाएका छन् ।

यस्तै, २६ लाख २१ हजार ४ सय ७६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ९२ हजार ९ सय ९२ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन् ।

हालसम्म झन्डै ५८ लाख मात्रा कोरोना संक्रमणविरुद्धको खोप नेपाल भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत ८ माघ २०७७ देखि हालसम्म ५७ लाख ८२ हजार ८ सय ५० मात्रा खोप नेपाल भित्रिएको हो । जसअन्तर्गत भारतबाट २४ लाख ४८ हजार मात्रा, चीनबाट १८ लाख मात्रा र अमेरिकाबाट १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एन्ड जोनसनको खोप प्राप्त भएको ।

४ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप
कोभ्याक्स फ्यासिलिटीअन्तर्गत अमेरिकाबाट नेपाल ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने भएको छ ।

यस्तै, उक्त खोप पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत दिने भएको छ । एक मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं जिल्लामा ४ साउनदेखि लगाइँदै छ ।

यस्तै, देशभर बिहीबार थप २ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ जना पीसीसार परीक्षण गर्दा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर बिहीबार थप १ हजार ७ सय ५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ४ सय ६३ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर २६ हजार ३ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, ६ सय २ जना आईसीयूमा र १ सय ७१ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । देशभर २ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top