दुई गैँडा मृतावस्थामा फेला

३ साउन ७८, सोमबार

४ साउन, चितवन ।

Advertisement

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् ।

तीमध्ये एउटा बूढो र अर्को केटा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृतावस्थामा फेला परेको हो । उनले बाघको आक्रमणबाट मरेको हुन सक्ने बताए ।

Advertisement

यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैँडा भेटिएको हो ।

ती गैँडाको खाग र खुर सुरक्षित रहेको जनाउँदै उनले दुवै प्राकृतिक कारणले मरेको बताए । गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी र शिकारले निकुञ्जमा ३२ र अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top