वैदेशिक रोजगारीमा जानेलाई सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने

३ साउन ७८, सोमबार

४ साउन, काठमाडौं ।

खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि जोन्सन एण्ड जोन्सनको खोप दिने जनाएको छ ।

यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोपको प्राथमिकतामा राखेपछि श्रमिक र सरोकारवालाले सरकारको यो निर्णयको आलोचना गरेका थिए ।

कतिपय गन्तव्य देशले भेरोसेल खोपलाई मान्यता नदिएको र भेरोसेल खोपको दुवै मात्रा लगाउन एक महिनाको समय कुर्नुपर्ने भएकाले श्रमिकले एक मात्र मात्रै लगाउँदा हुने जोन्सनको खोप दिन सरकारसँग आग्रह गरेका थिए ।

अब जोन्सन एण्ड जोन्सन खोप अनिवार्य गरेका देशमा जान लागेका व्यक्तिहरूलाई पासपोर्ट र भिसा को आधारमा खोप दिइने मन्त्रालयले जनाएको छ ।

अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई दिएको १५ लाख डोज जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि ५० देखि ५५ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका नागरिक स्वास्थ्यकर्मी तथा हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई दिन सुरु गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top