भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

५ साउन ७८, मंगलबार

५ साउन, ललितपुर ।

Advertisement

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ ।

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गरेको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधबार पत्रकारलाई दिइने उल्लेख गरिएको छ ।

Advertisement

उक्त पत्रमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारले सो कार्ड वा सूचना विभाग तथा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ ।

यसअघि भेरोसेल खोपको पहिलो मात्रा पत्रकारले गत असार ६ गते महासङ्घको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा लगाएका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top