छिट्टै सरकारलाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय

६ साउन, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रले छिट्टै सरकारले पूर्णता पाउने बताएको छ। छिट्टै मन्त्रिपरिषद् विस्तार हुने माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारले जानकारी दिए ।

बुधबार बसेको स्थायी कमिटी बैठकपछि श्रेष्ठले भने, ‘गठबन्धनका सबै दलसँग छलफल भइरहेको छ। समर्थन गरेका सांसदहरूसँग पनि छलफल भइरहेको छ।

Advertisement

सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व गर्ने गरी सरकारलाई पूर्णता दिन उपर्युक्त हुने भएकोले हामी सबै गठबन्धनका शक्तिहरूसँग छलफल गरेर सरकारलाई पूर्णता दिने निर्णय गर्छौं ।’

उनले सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएकाले छिटै त्यस्तो कार्यक्रम बनाउने पनि बताए ।

Advertisement

‘गठबन्धनको सरकार न्युनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताका साथ अघि बढाउनुपर्ने भएकाले तुरुन्त त्यस्ता कार्यक्रम तय गर्न आव्हान गरेको छ र कार्यदलका सदस्यहरुलाई निर्देशन दिएको छ’ श्रेष्ठले भने ।

सरकारमा को जाने विषयमा भने आजको बैठकमा कुनै छलफल नभएको श्रेष्ठले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top