माओवादी केन्द्रको निर्णय : न्यूनतम साझा कार्यक्रममार्फत सरकारलाई प्रभावकारी बनाइने

६ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले गठबन्धनका राजनीतिक पार्टीहरूका बीचमा न्यूनतम साझा कार्यक्रम छिटो भन्दा छिटो तय गर्न आह्वान गरेको छ ।

माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिबद्धतामार्फत अगाडि बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिबद्धता तय गर्न आह्वान गरेको हो ।

बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउन नहुने र विगतमा गरिएका प्रतिबद्धताअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले भने, ‘हामीले हिजो जुन प्रवृत्तिका विरुद्ध सङ्घर्ष ग¥यौँ, त्यो कुनै पनि ढङ्गबाट अब देखिनु हुँदैन । पुनरावृत्ति हुनु हुँदैन । त्यसमा जोड गर्ने भनेर आज हाम्रो पार्टीले त्यसमा जोड दिएको छ ।

त्यसका निम्ति गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धतामार्फत अगाडि बढाउनुपर्ने भएकोले छिटो भन्दा छिटो गठबन्धनका पार्टीहरू सम्मिलित भएर कार्यक्रम र प्रतिबद्धता तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ । र त्यसैअनुसार कार्यदलका सदस्यहरूलाई निर्देशन दिइएको छ ।’

माओवादीले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तीव्र पार्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक साउन २० गते र स्थायी कमिटीको बैठक साउन १७ गते निर्णय पनि गरेको छ ।

त्यसैगरी साउन ९ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा केन्द्रीय कार्यालय पेरिसडाँडा र देशभरका पार्टी कार्यालयमा कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top