अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो

६ साउन ७८, बिहीबार

७ साउन, एजेन्सी ।

Advertisement

अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो लागेको छ । डढेलोका कारण लाखौँ हेक्टर जमिनमा नोक्सानी भएको छ भने घरसहित एक सय ६० वटा भौतिक संरचना नष्ट भएका छन् ।

अमेरिकाको ओरिगनमा इतिहासकै भयानक डढेलो लागेको त्यहाँका सरकारी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

डढेलोका कारण त्यहाँका हजारौँ नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । गएको ६ तारिखदेखि लागेको आगो थप फैलिदै गइरहेको खबरमा उल्लेख गरिएको छ ।

तीव्र गतिमा चलेको हावाहुरीका कारण डढेलो नियन्त्रणमा कठिनाइ भएको छ । डढेलो नियन्त्रणका लागि दिन रात खटिएको अग्नि नियन्त्रकले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top