राष्ट्र बैंकसहितका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी

७ साउन, काठमाडौँ ।
नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी आएको छ । नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नविल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुछ्रे, एनएमबी, एनआसी एसिया,बैंक अफ काठमाडौं, सिटिजन, सानिमा, एसबीआइ, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट, हिमालयन बैंकको सिस्टम ह्याक गर्ने चेतावनी आएको हो ।

Advertisement

ह्याकरले बुधबार ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल गरेकोे पाइएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । उक्त चेतावनीसहितको पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि पठाइएको छ ।

बिहीबार बिहान राष्ट्र बैंकसहित नेपाल र नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी अमेरिकाबाट टेलिफोनमार्फत समेत धम्की आएको प्रवक्ता ढकालले बताए । उनले यसबारे हिजोदेखि नै सचेत रहेको र सबै बैंकको सिस्टम चेक गर्न, सम्भावित जोखिम न्यूनीकरणका लागि उपाय अपनाउन आग्रह गरेको बताए ।

Advertisement

ह्याकरको इमेल र टेलिफोन कलबारे सरोकारवालालाई जानकारी गराएर सचेत हुन आग्रह गरिएको र थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

इम्पोर्टेन्टडटइनएटयानडेक्सडटकमबाट पठाइएको इमेलमा पत्रलाई खेलाँचीका रूपमा नलिन चेतावनीसमेत दिइएको छ । नेपाल प्रहरीले भने उक्त चेतावनीयुक्त म्यासेजको बारेमा केही जानकारी नआएको बताएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top