मध्यम तथा छोटो दुरीका गाडीको भाडा बढाउन माग गर्दै यातायात व्यवसायी सडकमा

७ साउन, काठमाडौं ।

मध्यम र छोटो दुरीका गाडीको भाडा बढाउनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

चक्रपथका विभिन्न ठाउँमा जम्मा भएर उनीहरूले सङ्घीय सरकारले लामो दुरीको गाडीको भाडा बढाएकाले छोटो र मध्यम दुरीका गाडीमा पनि भाडा बढाउन माग गरेका हुन् । व्यवसायीहरूले सबै यातायात मजदुरलाई कोभिडविरुद्धको खोप लगाउनुपर्ने पनि माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सङ्घीय सरकारले भाडा समायोजन गरेकै आधारमा प्रदेश र पालिकाले पनि समायोजन गर्नुपर्नेमा जोड दिए ।

यातायात व्यवस्था विभागले गएको असार ३० गते दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने यात्रुवाहक सवारी साधनमा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालवाहक सवारी साधनमा २६ प्रतिशतसम्म भाडा बढाएको थियो ।

गाडीसहित निकालेको ¥यालीले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । यात्रु र बिरामीसमेत मर्कामा परेका छन् ।

विसं २०६५ मा पेट्रोलियम पदार्थ, सवारी साधन र त्यसको पार्टपुर्जाका आधारमा सार्वजनिक सवारी साधनको भाडा निर्धारणसहित मापदण्ड तय गरिएको थियो ।

त्यो मापदण्डअनुसार पेट्रोलियम पदार्थको मूल्यलाई ३५ प्रतिशत र पार्टपुर्जालाई ६५ प्रतिशत आधार बनाइएको थियो । त्यही आधारमा वार्षिक रूपमा भाडा समायोजन गरिनुपर्नेमा झन्डै नौ वर्षदेखि हुन नसकेको यातायात व्यवसायीको गुनासो छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top