×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

सिन्धुपाल्चोक र मनाङका जनताको जीवन रक्षा गर्न विशेष कार्यक्रम ल्याउँछौँ : गृहमन्त्री खाँड

८ श्रावण २०७८

८ साउन, काठमाडौँ ।
गृहमन्त्री बालकृष्ण खाँडले मनाङ र सिन्धुपाल्चोकमा विशेष प्याकेज राखेर त्यहाँका मानिसको जीवन रक्षा गर्नुपर्ने बताएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मनाङ र सिन्धुपाल्चोकमा विशेष प्याकेसहितका कार्यक्रम राखेर त्यहाँका मानिसको जीवन रक्षा गर्नुपर्ने बताएका हुन् । गृहमन्त्री खाँडले नागरिकको जीवनरक्षाका लागि नै राज्य बनेको भन्दै जनता पहिलो प्राथमिकतामा हुने बताए । नेपालमा प्राकृतिक विपद्हरु हरेक वर्ष कल्पना गरेभन्दा धेरै आइरहेको हँुदा पूर्व सावधानी अपनाउनु पर्ने बताए।

गृहमन्त्री खाँडले वातावरणमा आएको परिवर्तन र पृथ्वीमा बढिरहेको तापक्रमको वृद्धिले पनि चुनौतिहरु थपिएको बताए । विकास गरौँ भन्ने सबैको चाहना भए पनि जनतालाई सेवा र सुविधा पु¥याउनु पर्ने बाध्यताले प्राकृतिक विपद्का घटनाहरु भइरहेको गृहमन्त्री खाँडले बताए।
उनले भने, “हामीलाई तीव्र रुपमा विकास चाहिएको छ, सबै जनतालाई सेवा सुविधा चाँडै दिऔँ भनेर सोचिरहेका छौँ, यसले पनि कतिपय ठाउँमा प्राकृतिक विपद्हरु बाढी पहिरो वा डुबान भोग्नु परेको छ, नारायणगढ मुग्लिन सडकमा यति ट्राफिक चाप बढ्यो । त्यसैले त्यो सडक साँघुरो भयो । यसलाई फोरलेन बनाउन सकियो भने मात्र पनि जनतालाई सुविधा हुन्थ्यो भनेर पहाड तासियो । झनै भिरालो भएपछि अहिले पहिरो बढेको छ । हाम्रो चाहना विकास र समृद्धिको हो,तर यो चाहना हाम्रो भूगोलअनुसामर कतिपय ठाउँमा मिलेको छैन ।”

Advertisement
Advertisement

सिन्धुपाल्चोकको बाढीमा परेका अधिकांश घरहरु नक्शा पास नभइ बनाएको पनि बताए । सरकारले घटनाको गहन अध्ययन भन्दा तत्काल जीवनको रक्षा गर्ने कुरालाई प्राथमिकतामा राखेर काम गरेको बताए । उनले मुलुकको कमजोर भूबनावटले गर्दा भौतिक पूर्वाधराको कुरामा पनि गम्भीर हुनुपर्ने बताए ।

उनले भने “सिन्धुपाल्चोकको बाढीमा अधिकांश घरहरु नक्शा पास बिनै बनेका रहेछन्, सरकारले नीति नियम बनाएपनि स्थानीय सरकारले पास गरिदिँदो रहेछ, अर्कोकुरा पहाडी भूभागमा बाटो बनाउने प्रतिष्पर्धा जस्तै छ, पहिला मानिसले खन्थे अहिले मेसिनले खन्छ, बाटो बन्छ । मुलुकको कमजोर भूबनावटले गर्दा भौतिक पूर्वाधमरको कुरामा पनि गम्भीर हुनुपर्छ, यसमा बहस पनि आवश्यक छ र कार्यन्वयन गरेर अघि बढ्नुपर्छ ।”

Advertisement

सिन्धुपाल्चोक र मनाङमा त्यहाँको जीवनलाई सहज कसरी बनाउने भन्ने बारेमा सरकारले विशेष कार्यक्रम ल्याउने बताए । साथै मेलम्ची खानेपानीको सुरुङ ट्रायल गर्नका लागि खोलिए पनि बन्द गर्दा भाग्यवश क्षति नभएको बताए ।

भर्खरको समाचार

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top