आजदेखि चार अस्पतालबाट खोप प्रमाणीकरण कार्ड वितरण हुने

आजदेखि चार अस्पतालबाट खोप प्रमाणीकरण कार्ड वितरण हुने

८ साउन, काठमाडौं ।
कोभिड–१९ विरुद्धको खोप लगाएकालाई आजदेखि राजधानीका ४ वटा अस्पतालमा खोप प्रमाणीकरणको कार्ड दिइने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप महाशाखा प्रमुख डा. झलक गौतमले सचिवस्तरीय निर्णयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय भएको बताए ।

यसअघि टेकु अस्पतालबाट मात्रै खोप कार्ड प्रमाणीकरणको काम हुँदा विदेश जाने तयारीमा रहेका नेपाली नागरिकहरु मध्यरातदेखि अस्पतालको गेटमा खोप कार्ड प्रमाणीकरण गर्न ठेलमठेल गरी लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो । श्रम गन्तव्य मुलुकले खोप कार्ड अनिवार्य गरेपछि जोन्सन एन्ड जोन्सन खोप लगाएका नेपाली श्रमिकहरुले कार्ड लिन अस्पताल धाएका हुन्

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.