×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

संसद् अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने चर्चा चलेको भन्दै प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

८ श्रावण २०७८

८ साउन, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी एमालेले संघीय संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने चर्चा चलेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई बधाई तथा शुभकामना दिने क्रममा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले ध्यानाकर्षण गराएका हुन् ।

उनले हल्ला चलिरहेको र त्यसमा आफूले विश्वास नगरे पनि प्रधानमन्त्रीलाई आफूले ध्यानाकर्षण गराउन चाहेको बताए । उनले भने, ‘संसद् अधिवेशन आजै अन्त्य गरेर अध्यादेश ल्याउने हल्ला चलिरहेको छ । विश्वास छैन त्यस्तो होला भनेर, बाहिर त चर्चा छ, यो संसद् प्रतिनिधिसभा अधिवेशन आजै समापनमा जाँदैछ । प्रधानमन्त्रीले चाँडै अध्यादेश ल्याउनुहुन्छ भन्ने हल्ला छ । अहिलेको सरकारले त्यो गर्दैन भनेको छु । विगतमा अध्यादेश ल्याउँदा विरोध गरेकाले त्यसो गर्नुहुन्न भन्ने लागेको छ । प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

Advertisement
Advertisement

प्रधानमन्त्रीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गर्न लागिएको भन्ने हल्ला चलेको नेम्वाङको भनाइ थियो ।
मन्त्रिपरिषद् बिस्तार नगरेकोमा पनि नेम्वाङले चासो राखेका थिए । उनले मन्त्रालय नफुटाउन र संविधानको दायराभन्दा बाहिर गएर २५ भन्दा बढी मन्त्री नबनाउन सुझाव दिए । जतिसुकै अप्ठ्यारो भएपनि २५ भन्दा बढी मन्त्री बनाउन नपाइने संवैधानिक व्यवस्था नेम्वाङले स्मरण गराएका थिए ।

Advertisement

विगतको सरकारले गरेका कामलाई निरन्तरता दिन पनि उनले आग्रह गरेका थिए । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उपनेता नेम्वाङले आगामी निर्वाचन समयमै गराउन पनि सचेत गराएका छन् । उनले देउवा सरकारको महत्वपूर्ण जिम्मेवारी निर्वाचन सम्पन्न गराउने रहेको बताए । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन अबको डेढ वर्षमा सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top