जनताले खोप मागेको बेला ओलीले भोट मागे : चित्रबहादुर केसी

७ साउन ७८, शुक्रबार

८ साउन, काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ५ दलको एकताले संविधान र संसद जोगाएको बताएका छन् । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोनको वर्तमान शंकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

Advertisement

केसीले सर्वोच्चको फैसला स्विकार्य रहेको बताउँदै राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक भएको समेत आरोप लगाए । अहिलेको संविधान जोगिएको र अबको दिनमा संसोधन गरेर अझै उत्कृष्ट संविधान बनाउने बताउँदै उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विचित्रको काम गरेको बताए । अध्यक्ष केसीले जनता कोरोनाबाट बच्न खोप उपलब्ध गराउनुपर्ने बेलामा ओली नेतृत्वको सरकारले भोट मागिरहेको र संविधान च्यात्न खोजेपछि संघर्षमा जानुपरेको समेत बताए ।

नेता केसीले भने, “हामीले समर्थन गरेका हौँ, तर तिघ्रामा पिप जम्मा भएपछि निचोरेर फाल्नुपर्छ, पार्टीभित्रकै साथीहरुले संघर्ष गर्नुभयो, ५ दलको एकताले धर्मनिरपेक्षता गणतन्त्र लगायतका उपलब्धिहरुलाई बचाउने काम भएको छ, संसद कम्तिमा पनि १८ महिना बच्ने भयो, यो फैसला हामीलाई स्वीकार्य छ, तर राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक देखिन्छ, केपी ओलीको सरकारले विचत्रकै काम गरेको छ, जनता खोप भनिरहेको बेलामा सरकारक भोट भनिरह्यो ।”

Advertisement

अध्यक्ष केसीले चुनाव जित्नका लागि खर्च गर्ने तर चुनाव जितेपछि भ्रष्टाचार गर्ने सर्वस्वीकार्य विषय भएको समेत बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top