NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ? आइतवार साउन १८ , २०८२
एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको आइतवार साउन १८ , २०८२
तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे आइतवार साउन १८ , २०८२
चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने आइतवार साउन १८ , २०८२
हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य आइतवार साउन १८ , २०८२
Next
Prev

समाचार

सुनसरी भयाे ५६ औँ खुला दिसामुक्त जिल्ला

बुधबार असार २० , २०७५
Reading Time: 1 min read
A A
सुनसरी भयाे ५६ औँ खुला दिसामुक्त जिल्ला
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

इटहरी, असार २०

सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको खेल मैदानमा मंगलबार विशेष समारोहको आयोजना गरी विधिवत् सुनसरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सुनसरी जिल्ला नेपालको खुला दिसामु्क्त घोषणा भएका जिल्लामध्ये ५६ औँ जिल्लाका रुपमा खुला दिसामुक्त जिल्ला बन्न सफल भएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी र प्रदेश नं १ का वन, पर्यटन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियत र खानेपानी तथा ढल निकास विभागका उप–महानिर्देशक मनोज घिमिरेले संयुक्तरुपमा बिरुवामा पानी हाल्नु भई तथा बत्ती बालेर जिल्लालाई खुला दिसामुक्त भएको घोषणा गरे ।

जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, इटहरी, सुनसरी, स्थानीय सरसफाइ तथा स्वच्छता समन्वय समिति र युएन ह्याविट्याटको सहयोगमा नारी विकास संघ, प्रयास नेपाल लगायत दर्जनभन्दा बढी गैरसरकारी संस्थाको सक्रियतामा सुनसरी जिल्लाका एकलाख ४४ हजार ३४७ घरमा सबैले चर्पी निर्माण गरेर प्रयोग गरेको अनुगमन प्रतिवेदनले देखाएपछि यस जिल्लालाई खुला दिसामुक्त घोषित गरिएको हो ।

चर्पी निर्माण तथा प्रयोग र सरसफाइ अभियानमा यस जिल्लाका सम्पूर्ण शैक्षिक प्रतिष्ठान, स्थानीय तह, सञ्चारकर्मी राजनीतिक दल, धार्मिक गुरु, मिशन ओडिएफ टोलीलगायत सो क्षेत्रमा कार्यरत सामाजिक अगुवाको समेत सक्रियता रहेको थियो । जिल्लालाई खुला दिसामुक्त घोषित गर्नका लागि पछिल्लो समयमा नारी विकास संघ, प्रयास नेपाल, सामाजिक समुदाय विकास केन्द्र, प्लान नेपाल, युथ क्रियशन सुनसरी, नेपाल रेडक्रस सोसाइटी, पानी, वातावरण र जीवन संस्था (वेल), वल्र्डभिजनलगायतका संस्थाले सक्रिय भएर सरसफाइ अभियानमा कार्य गरेका थिए ।

उक्त अवसरमा कार्यक्रमको प्रमुख अतिथि भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले यस जिल्लालाई स्वच्छ, हराभरा र सफा राख्नका लागि समुदायस्तरबाट सवैले आआफ्नो घर, टोल र समुदाय नै सफा राख्ने विषयमा सधैँ सक्रिय रहनु पर्ने कुरामा जोड दिइन्। सोही अवसरमा राज्यमन्त्री चौधरीले जिल्लाको सरसफाइ कार्यमा सक्रिय विभिन्न स्थानीय तहका पदाधिकारी, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीलाई सम्मानसमेत गरिन् ।

यसैगरी, सो अवसरमा विभागद्वारा सुनसरी जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई जिल्ला नै खुला दिसामुक्त घोषित गर्न सफल भएकोमा कदरपत्र मार्फत सम्मान गरियो । साथै उक्त कार्यक्रममा स्थानीय तहका तत्कालीन सचिव एवं अन्य अभियानकर्मीलाई समेत कदरपत्रमार्फत सम्मान गरियो ।

कार्यक्रममा पूर्वराज्यमन्त्री सीताराम मेहता, एक नम्बर प्रदेशका प्रदेशमन्त्री जगदीशप्रसाद कुशियत, प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख तथा सांसद राजीव कोइराला, विभागका उपमहानिर्देशक मनोज घिमिरे, समन्वय समिति सुनसरीका सचिव डिभिजनल इञ्जिनियर देवनाग सिंह, नेपाली काँग्रेस सुनसरी सचिव केदार भण्डारी, भोक्राहा गाउँपालिका अध्यक्ष महेन्द्र यादव, युएन ह्याविट्याटका सुधार श्रेष्ठ, प्लान नेपालकी कलावती चोङवाङलगायतले बोलेका थिए।

जिल्ला सरसफाइ तथा स्वच्छता समन्व्य समितिका अध्यक्ष गोपाल राजभण्डारीको अध्यक्षतामा भएको जिल्ला खुला दिसामुक्त घोषणा समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रमसँगै सरसफाइसँग सम्बन्धित जनचेतना विस्तारका कार्यक्रम र झाँकीसमेत प्रस्तुत गरिएकाे थिए ।
साथै, सोही समारोहमा जिल्लालाई खुला दिसामुक्त घोषित गराउन महत्वपूर्ण भूमिका एवं योगदान गर्ने ललिता लम्साल, सुजाता शाक्य, मुनु सिलवाल र तारा कार्कीलगायतलाई पनि विशेष सम्मान गरिएको थियो ।
रासस

लोकप्रीय

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

आइतवार साउन १८ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

आइतवार साउन १८ , २०८२

विचार

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

आइतवार साउन १८ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

आइतवार साउन १८ , २०८२

थप समाचार

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?
अन्तर्राष्ट्रिय

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
ताजा समाचार

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

आइतवार साउन १८ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
ताजा समाचार

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

आइतवार साउन १८ , २०८२
चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने
अन्तर्राष्ट्रिय

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

आइतवार साउन १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२

हालका पोस्टहरू

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

आइतवार साउन १८ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

आइतवार साउन १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.