चीनले जित्यो टोकियो ओलम्पिकको पहिलो स्वर्ण

चीनले जित्यो टोकियो ओलम्पिकको पहिलो स्वर्ण

९ साउन, एजेन्सी ।
जापानमा जारी टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् ।

याङले २ सय ५१।८ स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन् । यस स्पर्धामा रसियन ओलम्पिक कमिटिकी अनास्तासिया गलाशिना रजत पदक जितिन् । उनले २ सय ५१।१ स्कोर जोडिन् । फाइनलको अन्तिम प्रहारमा दुवैले कमजोर प्रदर्शन गरेका थिए ।

अन्तिम प्रहारमा अनास्तासियाले ८।९ को खराब प्रदर्शन गरेपछि स्वर्ण पदकबाट बन्चित भइन् । याङले पनि अन्तिममा जम्मा ९।८ को स्कोर जोडेकी थिइन् । अन्तिम प्रहारअघि अनास्तासिया नै अग्रतामा थिइन् । स्विट्जरल्यान्डकी निना क्रिस्टेनले २३०।६ स्कोरसहित कास्य पदक जितिन् ।

यसै स्पर्धाको छनोटमा खेलेकी नेपाली कल्पना परियारले राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.