टोकियो ओलम्पिक : सोनिया रसियाकी इरिनासँग १ मिनेट १६ सेकेन्डमै पराजित

टोकियो ओलम्पिक : सोनिया रसियाकी इरिनासँग १ मिनेट १६ सेकेन्डमै पराजित

९ साउन, काठमाडौं ।
नेपाली जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिक–२०२० मा पहिलो खेलमै पराजित भएकी छिन् । ओलम्पिकको दोस्रो दिन अर्थात शनिबार बिहान भएको भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रसिया ओलम्पिक कमिटिकी इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।

विश्व वरीयताको नवौं स्थानमा रहेकी इरिनासँग सोनिया इप्पोनको आधारमा पराजित भइन् । सोनिया १ मिनेट १६ सेकेण्ड मात्रै खेलमा टिकिन् ।
यदी इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रिपेचमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् । दोस्रो चरणको खेल आज नै हुनेछ ।

१९ वर्षीय सोनिया वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् । सोनिया २०७६ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
उता डोपिङ कारण रुस प्रतिबन्धमा रहेकोले इरिनाले रुस ओलम्पिक कमिटिको झण्डामुनि रहेर प्रतिस्पर्धा गरिरहेकी छिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.