मनाङ अनुगमनमा सेनाको प्राविधिक टोली

८ साउन ७८, शनिबार

९ साउन, मनाङ।

गत जेठ १४ गतेदेखि बाढीपहिरोको जोखिममा परेको जिल्लाको सडक सञ्जाल पूर्णरुपमा विच्छेद छ । लामो समयदेखि सडक, सञ्चार, विद्युतबाट टुटेको यहाँको पुनः व्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिरोले बगाएको सडकको निसानासमेत विनिल छ ।

मर्स्याङ्दी नदीको किनारैकिनार हुँदै यहाँका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्रयाक खोल्नुपर्ने भएको छ । सडकको निसान पूर्णरुपमा बाढीपहिराले बगाएको छ । त्यस्ता स्थानमा नयाँ ट्रयाक निर्माण गर्न मिल्ने नमिल्ने, सुरक्षित सडक सञ्जाल निर्माणका लागि अध्ययन तथा अनुगमन गर्न पूर्व श्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ सैनिक प्रविधिकको टोलीसहित मनाङ पुगेका छन् ।

Advertisement

पूर्वमन्त्री गुरुङ नेपाली सेनाका महासेनानी इञ्जिनीयर इन्दीवर गुरुङ, अन्य प्राविधि टोलीसहित गण्डकी प्रदेशसभा सदस्यद्वय चिन्ताबहादुर घले र यशोदा सुवेदी गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का तथा समाजसेवी खामसुङ गुरुङ नेपाली सेनाको हेलिकप्टरमार्फत पुगेका थिए ।

टोलीले धारापानी र ताल क्षेत्रको पनि स्थलगत अवलोकन तथा अध्ययन गरेको स्थानीयवासी थुदेन लामाले जानकारी दिए । साथै सो टोलीले विभिन्न समयमा आएको बाढीपहिराले अवरुद्ध रहेको बेंसीशहर–चामे सडकखण्ड पुनःसञ्चालन गर्नका लागि अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

“लामो समयदेखि लगातारको वर्षाले नयाँ ट्रयाक खोल्दा समस्या हुनसक्छ, पहिले अध्ययन र अनुगमनपश्चात् मात्रै सुरक्षित सडक सञ्जाल निर्माणमा गर्ने सेनाको प्राविधिक टोलीको तयारी छ”, उनले भने । माटोको अवस्था अध्ययन तथा अनुगमनपछि सेनाको प्राविधिक टोली बेंसीशहर–चामे सडकखण्डको नयाँ ट्रयाक खोल्न खटिने जनाइएको छ ।रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top