भीम रावलको राजीनामा गठबन्धन भत्काउने षडयन्त्रः प्रचण्ड

९ साउन, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन भत्काउन अनेक षडयन्त्र भईरहेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झण्डै दुई तिहाई बहुमत नजिक पु¥याएपछि प्रतिक्रियावादीहरुले यसलाई नसोचेको कुरा भएको ठान्दै सत्तारुढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षडयन्त्र भईरहेको अध्यक्ष दाहालले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दैै उनले प्रतिगमनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई बचाउने प्रयास जारी रहेपनि अर्कोतिरबाट त्यसलाई टुटाउने प्रयास भईरहेको उल्लेख गरे । उनले भने, “सत्ता गठबन्धनलाई भत्काउने प्रयास अझै पनि जारी छ । नेताहरुबीच कतैं छिद्र छ कि ? काँग्रेस र कम्युनिष्ट भनाउन सकिने हो कि ? एमाले भित्र चलिराखेको छ नि फरमानको फरमान । एमसीसी अगाडि सारेर हुन्छ कि ? आईपीएस अगाडि सारेर हुन्छ कि ? यस्ता विषयलाई अघि सारेर सत्ता गठबन्धनलाई भत्काउन अनेक खालका कसरत भईरहेको बुझ्न जरुरी छ ।” अध्यक्ष दाहालले संसद विघटनको विरुद्ध एकैठाउँ उभिएका एमाले नेता भीम रावलको राजीनामा प्रकरण पनि सत्ता गठबन्धनलाई भत्काउने षडयन्त्र भएको जिकीर गरे । “संसद विघटन विरुद्धको गठबन्धनमा राम्रो भूमिका खेलेका बडो स्पिरिटका साथ काम गरेका साथीहरु पनि ढले ।”उनले भने, “त्यो त्यत्तिकै ढलेको होईन् । त्यहाँ भित्र गम्भिर षडयन्त्र थिए । त्यति गरेर पनि गठबन्धन टुटाउन नसकेपछि देउवा नेतृत्वको सरकारलाई बहुमत आउन नदिन ठूलो कसरत भयो ।”

अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओली इतिहासमा नराम्रोसँग पछारिएपनि कमजोर ठानि हाल्ने अवस्था नरहेको दावी गरे । उनले सत्ता गठबन्धनमाथि जनताको पक्षमा दिनदिनै केही काम गरेर देखाउने चुनौति रहेको उल्लेख गदै मन्त्रीहरुलाई लापरवाही गर्ने कुनै छुट नभएको स्पष्ट पारे । उनले भने, “लापरवाही गर्ने छुट कुनै पनि मन्त्रीलाई छैन । साना साना भएपनि सकारात्मक काम हँुँदै जानु अनिवार्य छ । कोही पनि मन्त्रीलाई अलिकति पनि छुट छैन्–लापरबाही गर्ने । यो बाँकि अवधि राष्ट्र र जनताको पक्षमा समर्पित गर्नु गर्नेछ । हुुनत सरकारले जनताको जीवन सुरक्षाका लागि कोरोना खोपलाई प्राथमिकता दिएर राम्रो कामको सुरुवात गरेको छ । तर अव यो राष्ट्रलाई नै क्याप्चर गरेर निरंकुशता लाद्न ओली नेतृत्वको सरकारले गरेको सेटिङलाई कानुन र संविधानसम्मत ढंगले परास्त गदै अघि बढनुपर्ने हुन्छ ।”

अध्यक्ष दाहालले पार्टी भित्र मन्त्री बन्न दवाव दिनेहरुले आफूलाई मानसिक तनाव बढाएको प्रतिक्रिया पनि दिए । मन्त्री बन्नका लागि पार्टी भित्रका हुलका हुल मान्छेले आफूलाई ४÷५ दिनयता आतंकित नैै बनाएको दाहालको भनाई छ । “म अहिले पनि मन्त्री बन्न दवाव दिने मान्छेहरुको हुल भित्रबाट यहाँ आएको छु । आतंक छ, मेरा दिमागमा, कसलाई मन्त्री बनाउने ? हाम्रो पार्टीको ४९ जना सांसद सबै मन्त्री बन्न चाहन्छन्, हामीले पाउने मन्त्री बढिमा ७ जना हो । ४÷५ दिनयता म चाँही साँच्चै एक खालको मानसिक तनाव भित्र छु ।”

अध्यक्ष दाहालले पार्टी भित्र मन्त्री नपाए नेतृत्वलाई सरापेर हिँडने जब्बरजस्त प्रवृति भित्रिएको उल्लेख गर्दै त्यसले आजित बनाएको पनि बताए । पार्टी भित्र भए मन्त्री, नभए ठूलै राजनीतिक नियुक्ती गर्नुपर्ने नेता, कार्यकर्ताको मानसिकता रहेकाले समस्या रहेको पनि उनले स्मरण गराए । कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्यको जीवनशैलीलाई ग्रहण गरेर अघि बढनुपर्नेमा जोड दिएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top