×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

‘पर्यटनलाई पहिलेकै अवस्थामा फर्काउन सबैलाई खोप आवश्यक’

९ श्रावण २०७८

९ साउन, काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन सबै नेपालीलाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएका छन् ।

Advertisement

कोभिड महामारीले देशका धेरै क्षेत्रमा नकारात्मक प्रभाव पारेको र पर्यटन क्षेत्र अझ बढी तहसनहस भएकाले मुलुकका उद्योगी व्यवसायीले सरकारको सहयोगको अपेक्षा गरेको उनले बताए । वरिष्ठ उपाध्यक्ष ढकालले भने, “मुलुकको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रम आवश्यक छन् । पर्यटकका रूपमा नागरिक ढुक्क भएर घुम्न तथा व्यवसाय सञ्चालन गर्नका लागि पनि सबै नागरिकलाई खोप दिनु आवश्यक छ ।”

दोलखाको चरिकोटमा निर्मित होटल एम्ब्रोसियाको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडले मुलुकको आर्थिक क्षेत्र जर्जर भएको अवस्थामा पनि दोलखामा खोलिएको यो होटलले मुलुकको समग्र उद्योग व्यवसाय क्षेत्रका लागि सकारात्मक सन्देश दिएको बताए ।

उनले भने, “हामी सबैलाई थाहै छ कि हाम्रो देशको आर्थिक क्षेत्र कोरोना महामारीका कारण थला परेको छ, यस्तो अवस्थामा पूर्वाधार निर्माण एवं पर्यटकीय संरचना बन्ने क्रम पनि छैन, तर आजदेखि सञ्चालनमा आएको यस होटलले दोलखा जिल्लामा मात्र नभएर मुलुकमै सकारात्मक सन्देशको सञ्चार गरेको छ ।”

दोलखाका सफल व्यवसायी दिनेश बस्नेतले करिब रु १३ करोडको लागतमा दुई तारे होटल सञ्चालनमा ल्याएका छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको दोलखा जिल्लाको चरिकोटमा पहिलोपटक तारे होटल सञ्चालनमा आएको हो ।

पर्यटकलाई लक्ष्य गरी चरिकोटमा दुई तारे होटल एम्ब्रोसिया आजबाट सञ्चालनमा आएपछि कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रमा नयाँ आशाको सञ्चार भएको यहाँका उद्योगी व्यवसायीले बताएका छन् ।

होटल एम्ब्रोसियामा एकैपटकमा करिब एक सय जना बस्न सक्ने गरी गरी ३५ कोठा रहेको छ भने ५०० जना क्षमताको ‘ब्याङ्क्वेट’ पनि रहेको छ । एकैपटकमा करिब एक सय जनासम्मले खाना खाने सुविधा तथा रेष्टुरेन्ट र बार करिब २०० जनासम्म धान्न सकिने गरी रुफटपको व्यवस्थासमेत रहेको यो नै दोलखाको पहिलो ठूलो होटल हो ।

दोलखा चरिकोटमा रहेको होटल एम्ब्रोसियाबाट चरिकोट तथा दोलखाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ । पछिल्लो समय दोलखा जिल्ला पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको र आन्तरिक एवं धार्मिक पर्यटनको सम्भावना पनि बढ्दै गएकाले जिल्लामा तारे होटलको अभाव रहेकाले दोलखाको पर्यटनलाई लक्ष्य गरी करिब रु १३ करोडको लागतमा होटल सञ्चालनमा ल्याएको सञ्चालक बस्नेतले बताए ।

Advertisement

यस होटल सञ्चालनमा आएपछि दोलखा जिल्लाको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास रहेको सञ्चालक बस्नेतले बताए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top