संसदीय समितिमा माधव नेपालले रानालाई भने– प्रतिगमनका मतियार बाहिर जानुस्

१० साउन ७८, आइतबार
Share this
753shares

१० साउन, काठमाडौँ ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका दुई पक्षबीच भनाभन भएको छ । संसद् पुनःस्थापनापछि पहिलोपटक आइतबार बसेको समितिको बैठकमा एमालेको दुई पक्षबीच भनाभन भएको हो ।

Advertisement

बैठकमा एमाले सांसद् नारदमुनी रानालाई एमाले वरिष्ठ नेता तथा सांसद् माधवकुमार नेपालले राजीनामा दिएर जान समेत भनेका छन् । नेता नेपालले संघर्षबाट संसद् पुनःस्थापना भएको भन्दै खुसी व्यक्त गरेका थिए । नेता नेपाललगायत बोलेको केही समयपछि बैठकमा एमाले अध्यक्ष ओलीपक्षका सांसद नारदमुनि राना प्रवेश गरेका थिए । रानाले आफ्नो बोल्ने पालो आएपछि नेता नेपालप्रति कटाक्ष गरेका थिए । उनले संसद्लाई जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको बताए । उनले संसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मति लिइरहेका बेला कहाँ थिए भनी प्रश्न गरे ।

उनले भने,‘ आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा गएर सुत्ने अनि संसद् चाहिन्छ भन्ने ? यो संसद् अदालतले ल्याएको हो, जनताले होइन । वरिष्ठ नेताहरूले जिम्मेवारी लिनुपर्छ ।’ सांसद रानाले नेता नेपालसहितका सांसदप्रति कटाक्ष गर्न थालेपछि नेपाल पक्षका सांसद दीपकप्रकाश भट्ट आक्रोशित भए । त्यसपछि नेता नेपाल पनि बोल्न थाले ।

Advertisement

नेपालले उनलाई प्रतिमागीको मतियार भनेका थिए । ‘तपाईं प्रतिगमनको मतियार, बाहिर निस्किनुस्ु, नेपालको भनाइ थियो,ुतपाईंलाई मन लाग्दैन भने राजीनामा दिनुस्, निस्किनुस् ।’

प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी भनेको भन्दै नेपाल र भट्टलगायत कांग्रेसका सांसदहरू पनि सांसद रानामाथि खनिए ।
होहल्लामा कतिपय सांसद्हरुले प्रतिगमनका मतियारहरुलाई बैठकमा बस्ने अधिकार नभएको बताएका थिए। प्रतिवादमा रानाले आफूलाई बैठकका लागि किन खबर गरेको त? भनेका थिए।

Advertisement

कतिपय सांसदहरुले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलालाई आग्रह गरेका थिए। समिति सभापति पवित्रा निरौलाले मुस्किलले बैठकलाई नियन्त्रणमा लिएकी थिइन्। त्यसपछि भने नेता नेपाल बैठकबाट उठेर हिँडेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top