गरे सम्भव छ, अष्ट्रेलियाबाट अण्डा ल्याएर कालिज पालन

१० साउन ७८, आइतबार
Share this
724shares

१० साउन, बाँके ।

Advertisement

पश्चिम तराईको बाँकेस्थित खजुरामा पहिलोपटक कालिज पालन शुरु भएको छ । १४ लाख रुपैयाँमा चल्ला खरिद गरी ३५ लाख रुपैयाँको फार्म निर्माण गरेर कलिज पालन शुरु गरिएको हो ।

खजुरा गाउँपालिका वडा न.४ का दीपक पौडेल गत चैत्र ५ गतेदेखि खजुरा कृषि फार्म दर्ता गरेर व्यवसायीक कालिज पालनमा लागेका हुन् । उनीसँग यतिबेला १ हजार कालिज छन् । फार्मका कालिज आउँदो दशैँसम्ममा तयार भइसक्ने पौडेल बताउछन् ।

Advertisement

अष्ट्रेलियाबाट अण्डा मगाएर आफैँले ह्याचरिड गरी चल्ला निकालेको पौडेलले बताए । साथै व्यवसायी पौडेलले खान लायक भएका कालिजलाई ३५ सय रुपैयाँमा बिक्री हुने बताए । कालिज व्यवसायी पौडेलले भने, “दशैँ पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छ, मैले अष्ट्रेलियाबाट कालिजको अण्डा मगाएर आफैँले ह्याचरीड गरी चल्ला निकालेको हूँ, एउटा चल्लाको १४ सय रुपैंया पर्छ, खान लायक भइसकेको कालिजको एउटैको ३५ सय रुपैयाँमा बिक्री हुन्छ, जति ठूलो होस ३५ सयमा बिक्री गर्ने योजना छ ।”

Advertisement

केही भाले र पोथी कालिज चल्ला बनाउनका लागि राख्ने र अरु बिक्री गर्ने योजना रहेको कालिज व्यवसायी पौडेलले सुनाए । करिव ५० लाख लागतमा कालिज पालनमा लागे पौडेल बाँकेमा कालिज पालन गर्न तापक्रम नै ठूलो चुनौति भएको बताउछन् । २५ डिग्री सेल्सीयसमा कालिज पाल्न चुनौति नभएपनि त्यो भन्दा माथि ठूलो चुनौति रहेको पौडेलले बताए । यही चुनौतिलाई मध्यनजर गर्दै बाँकेको तापक्रमसँग मिल्ने गरेर अण्डा त्यहीँ मगाएर ह्याचरी गरेको कालिज पालक पौडेलले बताए ।

“कालिज पालनका लागि सबैभन्दा ठूलो चुनौति भनेको तापक्रम हो, २५ डिग्री सेल्सीयसमा कालिज सहजै बाँच्छ” कालिज व्यवसायी पौडेलले भने, “बाँकेमा भने गर्मीमा ४२ डिग्री सेल्सीयस तापक्रम पुग्छ, त्यसका कालिजको अण्डा घरमै मगाएर ह्याचरी गराएँ, जसका कारण कालिजको चल्ला बाँकेको तापक्रमसँग जुध्न सकोस् ।”

कालिज पालनको लागि विभिन्न ठाउँबाट अहिले चल्लाको अत्याधिक माग आइरहेको कालिज पालक पौडेलले बताए । कालिज कुखुरा प्रजातिको जङगली पंक्षी हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top