शान्तिका लागि नयाँ सरकार गठन हुनुपर्ने तालिबान समूहको दाबी

१० साउन ७८, आइतबार

१० साउन, काबुल ।
तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ । अमेरिकी सेनाको आगमनसँगै करिब दुई दशकदेखि आफ्ना गतिविधिलाई आफ्नो प्रभाव क्षेत्र र ग्रामीण इलाकामा चलाउँदै आएको तालिबान समूहका एक नेताले एपीसँगको कुराकानीमा तालिबानको चाहना अफगानिस्तानको सत्तामा एकल नेतृत्व नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताए । शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनुपर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नुपर्ने तालिबानले माग गरेको छ ।

Advertisement

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस(एपी)सँगको अन्तर्वार्तामा तालिबानमा प्रवक्ता सुहेल शाहीनले अफगानिस्तानको भविष्यलाई लिएर तालिबानको अडान स्पष्ट पारे ।

तालिवानले विभिन्न देशसँग गरिरहेको वार्ताको प्रतिनिधिमण्डलका सदस्य रहेका शाहीनले एपीसँग भने, “वार्ताको माध्यमबाट सबै पक्षलाई स्वीकार्य हुने सरकारको वातावरण बनेको र अशरफ घानीको सरकार हटेमा मात्रै तालिबानले हतियार बिसाउनेछ । तालिबानको स्पष्ट धारणा के हो भने हामी सत्तामा एकाधिकार चाहँदनौं किनकी विगतमा जति पनि सरकारले सम्पूर्ण शक्ति आफ्नो हातमा लिने प्रयास गरे उनीहरु सबै असफल बने ।” तालिबान असफल बन्न चाहन्न । सरकार र विपक्षीको मिलनबिन्दु नयाँ समीकरणसहितको संयुक्त सरकार हुनसक्ने उनले बताए ।

Advertisement

विगतमा तालिबान नेतृत्वको सरकारलाई पनि असफल भएको स्वीकार्दै फेरि पनि त्यहि फर्मुला दोहो¥उाउन नचाहेको शाहीनले बताए ।राष्ट्रपति अशरफ घानीका सम्बन्धमा कुनै पनि सम्झौता नगर्ने तालिबानको धारणा छ । मङ्गलबार बकरीदको अवसरमा राष्ट्रपति घानीले आफ्नो भाषणको क्रममा तालिबानमाथि देशब्यापी आक्रमण गर्ने बताउनुभएको थियो । प्रतिउत्तरमा तालिबानले घानीलाई ‘युद्धका व्यापारी’ को सज्ञा दिएको थियो ।

तालिबान नेता शाहिनले घानीले सन् २०१९ को निर्वाचनमा धाँधली गरी सत्तामा पुगेको दावी गर्दै जनमत अर्कैतिर रहेको दावी गरे । देशमा शासन गर्ने अधिकार घानीले गुमाइसकेको उनको तर्क थियो । तत्कालीन निर्वाचनमा घानी र उनका प्रतिस्पर्धी अब्दुल्लाह अब्दुल्लाह दुबैले जितको दाबी गरेका थिए । पछि सत्ता समीकरण बन्दा दुईबिच सम्झौता भएको थियो । सम्झौता अनुसार अब्दुल्लाहलाई सरकारमा दोस्रो नम्बरको स्थान दिइयो र वार्ता समितिको प्रमुख बनाइएको थियो ।

Advertisement

अफगानिस्तानबाट अमेरिकी तथा नेटो सैनिकको अन्तिम समूहहरु फिर्ता हुने क्रम जारी रहँदा तालिबानले आफ्नो पकड बिस्तार गर्दै लगेको छ। हालै अमेरिकी सैनिकका उच्च अधिकारी जनरल मार्क मिलीले रक्षा मन्त्रालय पेन्टागनमा भएको पत्रकार सम्मेलनमा तालिबानले रणनीतिक बिस्तार हासिल गरेको बताएका छन् ।रासस / एपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top