गृहमा केन्द्रीय सुरक्षा समिति बैठक, कोरोनाको तेस्रो लहरदेखि साइबर क्राइमबारे छलफल

१० साउन, काठमाडौं ।
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। आइतबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा बसेको बैठकमा आन्तरिक सुरक्षा चुनौतीका विभिन्न विषयबारे छलफल भएको हो।

गृहमन्त्री खाणको नेतृत्वमा बसेको बैठकमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख गणेश अधिकारी, रक्षा मन्त्रालयका सह(सचिव (कायमुकायम सचिव) आलोकचन्द्र श्रेष्ठ ,गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल लगायतको सहभागिता रहेको थियो।

बैठकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरबारे छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ। यस्तै, स्वास्थ्य सामग्रीको सहज व्यवस्थापन तथा कालो बजारीलाई नियत्रण गर्ने, बाढी, पहिरो र डुबानमा परेका घरपरिवारको उद्धार तथा राहत वितरण र प्रकोप नियन्त्रणका विषयमा पनि छलफल भएको जनाइएको छ।

केन्द्रीय सुरक्षा समितिको बैठकमा साइबर क्राइम बढेको विषयमा पनि चर्चा भएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ। त्यस्तै बढ्दो साइबर क्राइम नियन्त्रणका लागि सरोकारवाला निकायले सक्रियता बढाउने विषयमा छलफल भएको जनाइएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top