×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

चलचित्र क्षेत्र अझै डेढ दशक प्रभावित हुने, फिल्म हल भत्काएर सपिङ मल बनाइँदै

११ श्रावण २०७८

११ साउन, काठमाडौँ ।

कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र मध्ये चलचित्र क्षेत्र पनि एक हो। लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन।

Advertisement
Advertisement

दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो भने सबैभन्दा पछाडि मात्रै खुल्नेछ। सरकारले चलचित्र क्षेत्रलगायत केही क्षेत्र खुल्नेबारे कुनै औपचारिक निर्णय गरेको छैन। चलचित्रकर्मीले भने सबैलाई खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्डसहित बिस्तारै चलचित्र क्षेत्र पनि खोल्नु पर्ने बताउँदै आएका छन्।

नेपाली चलचित्र क्षेत्र कोरोना भाइरसको जोखिमअघि नै प्रभावित अवस्थामा थियो। नेपाल चलचित्र सङ्घका अनुसार कूल निर्माण भएको चलचित्रमा चारदेखि पाँच प्रतिशतले मात्रै नाफाको व्यापार गरिरहेको चलचित्र क्षेत्र कोरोना भाइरसको जोखिमपछि शून्य अवस्थामा झरेको हो।

पहिलो– चलचित्र क्षेत्र पुरानै लयमा फर्किन्छ कि फर्किँदैन? दोस्रो– सङ्कटमा रहेको चलचित्र क्षेत्र झन सङ्कटको चपेटा पर्‍यो । तेस्रो– अबका दिनमा चलचित्र क्षेत्रको व्यावसायिक अवस्था डामाडोल हुनेछ। हाल चलचित्र क्षेत्रमा भइरहेका तीन भविष्यवाणी यिनै हुन्।

यीमध्ये बलियो प्रभावचाहिँ दोस्रोलाई मान्न सकिन्छ। किनभने सङ्कटबाट माथि उठ्दै आएको चलचित्र क्षेत्र पुनः सङ्कटको अवस्थामा पुगेको छ। यसलाई फेरि पुनःसञ्चालन गर्न चलचित्र विकास बोर्ड, नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घको भूमिका मुख्य हुने चलचित्रकर्मीको भनाइ छ।

कोरोना त्रासका कारण नेपाली चलचित्रले झण्डै दुई वर्ष त गुमायो नै। अझै कति समय गुमाउनु पर्ने हो, निधो छैन। कोरोना भाइरसको प्रभावसँगै ‘म यस्तो गीत गाउँछु–२’ ले प्रदर्शन स्थगन गरेको थियो। यससँगै ‘बद्रीबहादुर’, ‘नीरफूल’, ‘सुस्केरा’, ‘प्रेम गीत–३’, ‘चपली हाइट–३’, ‘लप्पन छप्पन–२’, ‘हिजो आजका कुरा’, ‘लक्काजवान’, ‘माइकल अधिकारी’, ‘षट्कोण’, ‘पूर्व पश्चिम’, ‘आकाशे खेती’, ‘चिसो एस्ट्रे’, ‘जारी’, ‘दयारानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘पानीफोटो’, ‘मन्त्र’, ‘एक’, झिँगेदाउ’, ‘चिसो मान्छे’, ‘दोख’लगायत २१ चलचित्र रिलिजलाई तयार छन्।

कोरोनाका कारण यी चलचित्रको रिलिज अन्योल बनेको छ। नेपाल चलचित्र सङ्घका अनुसार रु तीन करोड लगानी फसाएर बसिरहेको ‘प्रेमगीत ३’ जस्ता ठूला चलचित्रको हैरानीको कथा कोभिडको कहरभन्दा तीतो छ। ‘सामाजिक दूरी कायम गरेर हल सञ्चालन हुन सक्छ कि सक्दैन त्यो दोस्रो कुरा हो। पहिलो कुरा त हलसम्म दर्शक आउँछन् की आउँदैनन् र चुनौतीमा चलचित्र प्रदर्शन गर्न निर्माता तयार हुन्छन् की हुँदैन भन्ने नै हो’, चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधानले भने।

सङ्घकै महासचिव अशोक शर्माका अनुसार वितरक दर्जन बढी चलचित्रमा कमिसनकै भरमा चर्को ब्याजको लगानी गरेर स्थिर बसेका छन्। ३३ प्रतिशत ‘अकुपेन्सी’लाई शतप्रतिशत मानेर लकडाउनपछि पनि हल खोल्न सक्ने भनिए पनि दर्शक आउने निश्चितता भने छैन। ‘त्यसैले तत्काल हल खुल्ने कुनै छाँटकाँट देखिँदैन’, उनले भने।

नेपालमा मात्र हैन नेपाली चलचित्रको विदेशी बजार पनि शून्य अवस्थामा झरेको छ। नेपाली चलचित्रका लागि आकर्षक आम्दानीको अर्को स्रोत हो डायस्पोरा। कोभिडको दोस्रो र तेस्रो लहर पुनः शुरु भएसँगै विदेश बजार (डायस्पोरा)को सम्भाव्यता झन्झन् खुम्चिँदै गएको छ।

विदेशमा चलचित्र प्रदर्शन गर्दै आएका वासुदेव लामिछानेका अनुसार नेपाली चलचित्रका लागि आकर्षक बजार मानिएका अष्ट्रेलिया, अमेरिका, युरोप र जापान भाइरस सङ्कटले नराम्रोसँग थलिएका छन्। त्यहाँ फेरि नेपाली चलचित्र प्रदर्शन हुनु र नेपाली दर्शकले साथ दिनु भनेको केही वर्षका लागि दिवास्वप्न जस्तै भएको छ।

विश्व बक्स अफिस शून्यमा खसेको उदाहरण हुन् भारत र अमेरिका। हिन्दूस्तान टाइम्सका अनुसार कोरोना प्रभावका कारण बलिउडले एक हजार ३०० करोड भारु गुमाएको छ। हलिउड रिपोर्टर म्यागजिनका अनुसार हलिउडले महामारीका कारण पाँच अर्ब अमेरिकी डलर क्षति बेहोर्नुपरेको छ। हलिउडमा मात्रै तत्काल १४ हजार कामदारले रोजगारी गुमाएका छन्। चीनका कूल ४० हजार हलमध्ये ४० प्रतिशत सधैँका लागि बन्द हुने बिबिसीले उल्लेख गरेको छ।

कोरोना अघिसम्म नेपालमा पनि देशभरका २०४ पर्दा भएको हलहरुमध्ये १३ वटा कोरोना भाइरस जाखिमकै बीचमा सदाका लागि बन्द भएको चलचित्र सङ्घले जनाएको छ। देशभर ६४ वटा हल भूकम्पको प्रभावदेखि नै बन्द भएका थिए। नेपालमा कूल बन्द हुने हलको सङ्ख्या ७५ पुगेको छ। देशभर १५३ हल कोरोना भाइरस जोखिमको प्रभावमा परेका छन्।

राजधानीमा मात्रै आधा दर्जनभन्दा बढी हल बन्द भएको छ। जमलको विश्वज्योति र चाबहिलको गोपिकृष्णलगायतका हल भत्काएर सपिङ मल निर्माण भइरहेको छ। ललितपुरको ललित सिनेमा, जोरपाटीको सिद्धार्थ, कोटेश्वरको पुष्पाञ्जलीलगायतका हल भत्काउने तयारी भइरहेको बताइएको छ। दरबारमार्गको जय नेपाल हल पनि भत्काउने निश्चित भएको हल सञ्चालक कम्पनी क्युएफएक्सले जनाएको छ।

राजधानी बाहिरका ‘सिङ्गल थिएटर’ लगातार बन्द भइरहेका छन्। कतिपय हल कुखुरा पाल्ने टहरामा परिणत भएको छ। कतिपय हल गोदाममा परिणत भएको छ। यस्तो अवस्थामा चलचित्रकर्मी र सरकारी पक्षबीच आपसी सहकार्य र समन्वय आवश्यक देखिन्छ। समस्यामा रहेको चलचित्र क्षेत्र र चलचित्रकर्मीलाई तत्काल पुनःरुत्थानका लागि पहल गर्नुपर्दछ। अन्यथा चलचित्र क्षेत्र थप सङ्कटमा प्रवेश गर्नेछ। यसले चलचित्रमात्र नभई विस्तारै कला, साहित्य र अन्य मनोरञ्जनको क्षेत्रलाई समेत असर पार्नेछ।

चलचित्रकर्मीले कोरोना प्रभावकै कारण चलचित्र क्षेत्रले झण्डै रु दुई अर्ब बराबरको क्षति बेहोर्नुपरेको बताउँदै आएका छन् तर यसको निश्चित तथ्याङ्क भने छैन। वर्षमा १२० को हाराहारीमा निर्माण हुने चलचित्र, १७० सञ्चालित हलका पर्दा र १५ हजारभन्दा बढी सक्रिय चलचित्रकर्मीको आधारमा अनुमानित क्षति चलचित्रसँग सम्बन्धित सङ्घ संस्थाबाट निकालिएको छ।

अहिले चलचित्र क्षेत्रमा निर्माण, वितरण र प्रदर्शनको सबै कार्य ठप्प छ। नेपाली चलचित्रका प्राविधिक कामबिहीन हुनुपरेको छ। कलाकार घरमै आराम गरिरहेका छन्। कतिपयमा मानसिक तनाव उत्पन्न भएको छ। हलवाला र निर्माता ब्याजको मारमा परेका छन्। जबसम्म हल खुल्न सक्दैन तबसम्म चलचित्र क्षेत्रका कुनै पनि कार्य अघि बढ्न सक्दैन। दुई दर्जन चलचित्र प्रदर्शनको तयारीमा प्रतीक्षारत छन्।

प्रदर्शन शुरु नभएसम्म अरु गतिविधि अघि बढ्न नसकेका कारण चलचित्र क्षेत्र कहिले सक्रिय हुन्छ भन्ने कुनै टुङ्गो लागेको छैन। नेपाल चलचित्र सङ्घका अनुसार अझै १८ महिनासम्म चलचित्र क्षेत्रमा प्रभाव परिरहने निश्चित छ। अध्यक्ष प्रधानका अनुसार सबै क्षेत्र खुलिसकेपछि मनोरञ्जनको आवश्यकता भएपछि बल्ल दर्शक हलमा आउने हुन्। दर्शक नै नआई हल खुल्न सक्दैन। कोरोना भाइरस जोखिमको डर त छँदैछ, मनोरञ्जनका लागि छुट्टै खर्चको आवश्यकता पनि रहन्छ। सामान्य भएकै अवस्थामा खर्च जुटाएर मनोरञ्जनलाई प्रथामिकतामा सबै दर्शकले राख्न पनि मुस्किल छ। यसकारण पनि चलचित्र क्षेत्र पुरानै अवस्थामा फर्कन कम्तीमा १८ महिनालाग्ने चलचित्रकर्मीको धारणा रहेको छ।

यस्तै निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले पनि अरु क्षेत्र खुले पनि चलचित्र क्षेत्र खुलिहाल्न कठिन रहेको बताए। उनका अनुसार सरकारले चलचित्र क्षेत्रलाई पनि अन्य प्रभावित क्षेत्रलाई झैँ कर्जा सुविधा उपलब्ध गराउने, पुनरुत्थान कार्यक्रमअन्तर्गत समायोजन गर्ने, सबैलाई खोपको व्यवस्था गर्ने हो भने स्वास्थ्य मापदण्डसहित हल खुलाउँदै जान सकिने छ।

‘यसो गर्दा तत्काल चलचित्र क्षेत्र सक्रिय भइहाल्ने भने होइन। केही रूपमा कामको शुरुआत गर्न सकिन्छ भन्ने हो। यसले सबैलाई आत्मबल प्रदान गर्छ। यसरी अघि बढ्न सके १८ महिनाभित्रै नेपाली चलचित्र क्षेत्र पहिलेको तुलनामा फर्कन सक्छ भन्ने हो’, अधिकारीले भने।

यता चलचित्र विकास बोर्डले भने चलचित्र क्षेत्रलाई यथाशक्य खुलाउन पहल भइरहेको जनाएको छ। स्वास्थ्य मन्न्त्रालयसँग तारन्तार खोप व्यवस्थापनका लागि पहल भइरहेको विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए।

‘एक चरण सबै चलचित्रकर्मीलाई खोपको व्यवस्था गर्नसके रणनीति निर्माण गर्न सजिलो हुन्थ्यो। स्वास्थ्य मापदण्डसहित हल खुलाउन सकिन्थ्यो। त्यसपछि नयाँ चलचित्रहरु निर्माण पनि सुरु हुन्थ्यो। यसो गर्न सके चालु वर्षभित्रै चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउन सकिन्थ्यो’, उनले भने।

चलचित्र निर्माण नहुँदा निर्माणमा सहभागी सबै चलचित्रकर्मी र प्राविधिकलाई प्रभाव त पर्ने नै भयो। योसँगै वितरण र प्रदर्शन पनि हुन सक्दैन। चलचित्र निर्माणका लागि प्रदर्शन अपरिहार्य छ। जबसम्म चलचित्र प्रदर्शन हुन सक्दैन तबसम्म निर्माण हुन सक्दैन। चलचित्र निर्माण र प्रदर्शन हुन नसक्दा चलचित्र क्षेत्र शून्य अवस्थामा रहन्छ। अहिलेको अवस्था यही नै हो।

चलचित्र क्षेत्र कहिले खुल्छ र कसरी खुल्छ भने विषयमा चलचित्रकर्मीमा नै अन्योल छ। चलचित्र क्षेत्रसँग सम्बन्धित संस्थासँग पनि भावी रणनीति छैन। न त चलचित्र विकास बोर्डले नै यसबारे प्रष्ट पार्न सकेको छ।

यस्तो अवस्थामा चलचित्र क्षेत्र पुरानै लयमा फर्कन समय त लाग्ने नै छ तर अबका दिनमा चलचित्र क्षेत्रले विश्वास कायम गर्न सक्छ कि सक्दैन, दर्शकलाई रिझाउन सक्छ कि सक्दैन भन्ने पनि मुख्य विषय बनेको छ।

Advertisement

उर्मिला भण्डारी/रासस

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top