ट्युनिसियामा राजनीतिक संकट : राष्ट्रपतिद्वारा संसद् निलम्बन, प्रधानमन्त्री बर्खास्त

११ साउन, ट्युनिस ।

Advertisement

ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद् निलम्बन गरेका छन् र प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेको बताइएको छ ।

ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले यहाँको संसद् पनि निलम्बन गरेको बताइएको छ ।

Advertisement

आइतबार राति उनले यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए । राष्ट्रपति काइस सेइदले आइतबार राति चालेको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिएका छन् ।

त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उनी आफैले गरेका छन् । उनले अकस्मात् गरेको सो घोषणामा अर्को प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने बताएका छन् ।

Advertisement

त्यसैगरी यहाँको संसद् पनि उनले निलम्बन गरेर सबै सांसदहरूको पद स्वतह खारेज गरेको पनि सो भिडियोमार्फत जानकारी गराएका छन् ।

आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहत र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए । उनीहरूले वर्तमान सरकारलाई हटाउन र संसद् पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए । रासस–सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top