×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

टोकियो ओलम्पिक : आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा उक्लियो

१२ श्रावण २०७८

१२ साउन, काठमाडौँ ।
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो ।

जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौँथो स्थानमा रहेको छ ।

Advertisement

बेलायत तीन स्वर्ण, तीन रजत र एक कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । यसैगरी दक्षिण कोरिया तीन स्वर्ण र चार कास्यसहित छैटौँ, अस्ट्रेलिया दुई स्वर्ण, एक रजत र तीन कास्यका साथ सातौँ, कोशोभो दुई स्वर्ण जित्दै आठौँ, इटाली एक स्वर्ण, तीन रजत र चार कास्यसहित नवौँ तथा फ्रान्स एक स्वर्ण, दुई रजत र दुई कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५० देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तिमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसकेका छन् । दुवै जना पराजित भएका छन् । परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

Advertisement

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । शाहले मङ्गलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार आआफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top