‘हलो क्रान्ति’ को ७२ वर्ष पूरा

११ साउन ७८, मंगलबार

काठमाडौं : लमजुङको दुराडाँस्थित अर्चल्यानीमा ब्राहमणहरुले पहिलो पटक हलो जोतेको ८२ वर्ष पूरा भएको छ । २००६ सालमा स्थानीय पाण्डित तोयानाथ अधिकारीको नेतृत्वमा २७ जना ब्राम्हणहरुले पहिलो पटक हलो जोतेपछि हलो क्रान्तिको सुरुवात भएको थियो ।

Advertisement

देशमा प्रजातन्त्रको उदय हुनुअघि वि. सं. २००६ साल साउन १२ गते लमजुङको दुराडाँडा ६ अर्चल्यानीको बाटेगरामा बाहुनहरुले सामूहिक रुपमा हलो जोतेका थिए । बाहुनले हलो जोतेको १ वर्षसम्म जताततै एउटा गीतको हल्ला खल्ला मच्चियो ।

”शोककान्त लेप्टन, हरिभक्त तिघे्,
तोयानाथ पण्डित हलो जोति बिग्रे”

Advertisement

राणा शासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हाल्यो । साथै हलो जोत्नेहरुको नजोत्ने बाहुनहरुले नै विरोध गर्न थाले ।

हलिप्रथा अन्त्यका लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेप्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिाकरीलगायत २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए ।, यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top