१२ साउन, काठमाडौं ।
राष्ट्रिय फुटबल टोलिका कप्तान किरण चेम्जोङ्गले एन्फाभित्रको विवादको समाधान खोज्न जोड दिएका छन् । कप्तान चेम्जोङ्गले सोमबार राति सामाजिक सञ्जालमा समस्या खोज्नुभन्दा समाधान तिर अग्रसर हुन सुझाब दिएका हुन् ।
राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गको कारणले आफू राजिनामा दिन लागेको बताएपछि अखिल नेपाल फुटबल संघ(एन्फा)भित्र विवाद चुलिएको छ । यस विवादबारे उनले लेखेका छन्– “राष्ट्रिय फुटबल टोलि एक परिवार हो र परिवारको एक सदस्य भएको हैसियतमा हामीले थुप्रै उतारचढाब सुनेका छौं । को सही को गलत जानकारी नभएपनि राष्ट्रिय टोलिको कुनै सदस्यलाई गुमाउन चाहँदैनौ । ”
उनले आगामी खेल र प्रतियोगिताका लागि समेत एकढिक्का भएर अगाडि बढ्नुपर्ने भएकोले समाधान खोज्न आग्रह गरेका छन् ।