×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

मौद्रिक नीतिप्रति जनअपेक्षा: ‘प्रक्रियागत झन्झट हटोस्, सहज रुपमा व्यवसाय गर्न पाइयोस् ’

१२ श्रावण २०७८

१२ साउन, काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिको राम्रै चर्चा भयो । कोरोनाका कारण सङ्कटमा परेको व्यापार व्यवसायको विस्तार तथा वित्तीय क्षेत्रको स्थायित्वका लागि मौद्रिक नीति धेरै हदसम्म सफल रह्यो ।

Advertisement

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेको छ । केही दिन भित्रै बैंकले यसको सार्वजनिक गर्ने तयारी गरेको छ । सङ्कटमा परेको अर्थतन्त्रलाई थोरै भए पनि राहत दिनका लागि गत आवको मौद्रिक नीति कामयावी भएजस्तै चालू आवमा पनि त्यस्तै अपेक्षा सबै क्षेत्रले गरेको छ ।

कोरोना कहरको पहिलो लहरका कारण थलिएको व्यवसाय थोरै उठ्न नपाउँदै दोस्रो लहरको चपेटमा प-यो । झण्डै दुई महिना मुलुकले पुनः निषेधाज्ञा नै लगाउनुप-यो । साउनको दोस्रो साता लाग्दा नलाग्दै निषेधाज्ञालाई धेरै खुकुलो बनाएको छ । यद्यपि कोरोनाको सङ्क्रमणको मात्रा थोरै कम भए पनि जोखिम उत्तिकै छ ।

कोरोनाले उद्योग व्यवसाय, साना तथा मझौला उद्योग तथा दैनिक रोजीरोटी गरेर खाने सबैलाई प्रभावित बनायो । झण्डै चार लाख मानिस गरिबीको रेखामुनि धकेलिएको विवरण प्राप्त भएको अर्थमन्त्रालयको भनाइ छ ।

कोरोनाको तेस्रो लहर आउने सङ्केतहरु पनि देखिएका छन् । बन्द भएको व्यवसायलाई पुनरुत्थान गर्नुपर्ने तथा आर्थिक वृद्धिलाई पनि अगाडि बढाउनुपर्ने बाध्यताका बीचमा चालू आवको मौद्रिक नीतिको तयारीमा केन्द्रीय बैंक जुटेको छ ।

उद्योग प्रतिष्ठान, व्यापार व्यवसाय क्रमशः उठ्ने तर्खर गरे पनि कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटेल तथा पर्यटन क्षेत्रले यस पटकको मौद्रिक नीतिबाट बढी नै अपेक्षा राखेको छ ।

नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले कोरोना कहरबाट समस्यामा परेको पर्यटन क्षेत्रलाई पूर्ण रुपमा जीवित बनाउन राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

नाट्टाका अध्यक्ष अच्युत गुरागाईंका अनुसार कोभिड–१९ को प्रभावले चालू खर्चको व्यवस्थापनका लागि हाल प्रदान गरेको धितोका आधारमा नै थप २५ प्रतिशत ऋण प्रदान गर्नु जरुरी छ ।

पर्यटन क्षेत्रमा प्रवाह भएको ऋणलाई पुनर्कर्जाको व्यवस्था गर्नु जरुरी रहेको जनाउँदै नाट्टाले कर्जा तथा पुनर्कर्जा लिएको ऋणहरुको नवीकरण आगामी दुई वर्षसम्म स्वतः हुने व्यवस्था गर्नुपर्ने, सहुलियत ब्याजदरमा प्रदान गर्ने पुनर्कर्जाका लागि सम्बन्धित कम्पनीले ऋण उपयोग गरेको ३६५ दिनको बैंक स्टेटमेन्टलाई आधार मानेर प्रदान गर्नुपर्ने माग छ ।

पर्यटन व्यवसायी सरोज न्यौपाने प्रक्रियागत झन्झटका कारण साना तथा मझौला व्यवसायीले राष्ट्र बैंकले दिएको पुनर्कर्जाको सुविधा नपाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नीति राम्रो आए पनि कार्यान्वयनको तहमा पुग्दा सजिलो छैन । अनेकन झन्झट व्यहोर्नुपर्छ ।” भाडामा होटेल सञ्चालन गर्ने व्यवसायी धितोको अभावमा बैंक तथा वित्तीय संस्थाबाट राहत नपाउने अवस्था छ ।

पर्यटन क्षेत्रमा कार्यरत दक्ष कामदारहरु टुर गाइड, टे«किङ गाइड, टुर म्यानेजर, टुर अफिसर, टिकेटिङ अफिसर हवाई क्षेत्रमा कार्यरत कर्मचारी तथा होटेल क्षेत्रका कार्यरत श्रमिको त्यस क्षेत्रबाट पलायन हुनबाट रोक्नका लागि अनुभवको प्रमाणपत्र र सरकारले प्रदान गरेको प्रमाणपत्रका आधारमा सुलियतदरमा घरायसी खर्चका लागि दुई वर्षपछि ऋण भुक्तानी गर्न पाउने गरी ऋण प्रदान गर्न नाट्टाले आग्रह गरेको छ ।

कोरोनाका कारण घरायसी खर्च नै चलाउन समस्यामा परेको हजाराँै मजदूर छन् । उनीहरुले कुनै पनि प्रकारको राहत पाउन सकेका छैनन् । पर्यटन व्यवसायी न्यौपाने पनि पदयात्रामा जान नपाएको झण्डै १८ महिना भयो । व्यवसाय चौपट अवस्थामा पुगेको छ । पुनर्कर्जा तथा राहतका लागि प्रक्रियागत रुपमा रहेको झन्झट हटाउन सके धेरैले कठिनाइ भोग्नु नपर्ने उनको सुझाव छ ।

कोरोनाका कारण सङ्कटमा परेको अर्को क्षेत्र हो होटेल । होटेल सङ्घ नेपालले गत असार ८ गते नै नेपाल राष्ट्र बैंकलाई चालू आवको मौद्रिक नीतिका लागि विभिन्न सुझाव दिइसकेको छ । सङ्घ अध्यक्ष सिर्जना राणाका अनुसार हाल कायम रहेको पुनर्कर्जाको रकम थप गर्नुपर्ने तथा सो कर्जाको अवधि अर्का एक वर्षसम्म कायम राख्नुुपर्ने छ ।

पुनर्कर्जा प्रदान गर्दा हाल केन्द्रीय बैंकले तोकेका दरमा दुई प्रतिशतसम्म थप प्रिमियम लिइँदै आएकामा त्यसलाई घटाएर एक प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था हुनुपर्ने सङ्घको माग छ ।

कोरोनाका दोस्रो लहर कायम रहेको तथा तेस्रो लहरको सम्भावनासमेत रहेको अवस्थामा होटेल व्यवसाय पूर्ण रुपमा बन्द छ । बन्दाबन्दी अवस्थामा रहेको उद्योगलाई न्यूनतम मापदण्डमा कायम राख्नका लागि आवश्यक चालू पूँजीका रुपमा थप कोभिड कर्जा व्यवसायीको मागअनुसार उपलब्ध गराउन सङ्घले माग गरेको छ ।

हाल कायम रहेका कर्जाको किस्ता रकम गत वर्षसमेत पुनर्तालिकिकरण गरिसकिएकाले यस पटक पुनः सो सुविधा व्यावसायिक योजनाअनुसार गर्न पाउने व्यवस्था गर्न तथा साना एवम् मझौला होटेलका लागि कम्पनकिो लगानीको आधार र आवश्यक व्यावसायिक योजनाका आधारमा बढीमा रु पाँच करोडसम्म विनाधितो कर्जा प्रदान गर्नुपर्ने सङ्घको सुझाव छ ।

होटेल व्यवसायीले बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको जरिवाना शुल्क लिन नपाउने तथा व्यवसायीलाई कर्जा भुक्तानी गर्न बाध्यकारी बनाउन नपाउने तथा व्यवसायीको धितो लिलामी गर्ने जस्ता कार्य बाध्यकारी गर्न नहुने सङ्घको भनाइ छ ।

यस्तै सङ्घले कर्मचारीलाई कोरोनाको खोप उपलब्ध गराउन आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट असुलउपर गरिने न्यूनतम डिमान्ड शुल्क बापतको रकम एक वर्षसम्मका लागि उपभोगका आधारमा मिनाहा गर्नुपर्ने, विद्युत् महसुल भुक्तानीमा ढिला हुन गएको कारणले लाग्ने अतिरिक्त शुल्क एक वर्षसम्म छुट दिनुपर्ने सङ्घको मौद्रिक नीतिलाई सुझाव छ ।

यस्तै सङ्घले विषम परिस्थितिलाई दृष्टिगत गर्दै होटेलको वित्तीय अवस्था अनुसारको साधारण शेयर बिक्रीका लागि सहजीकरण गर्नुपर्ने एवम् सामाजिक सुरक्षा कोषमा दाखिला गर्नुपर्ने रकम होटेल तथा पर्यटन क्षेत्रका लागि दुई महिनाबाट बढाएर दुई वर्षसम्म सरकारबाट जम्मा गरी उद्योगको जगेर्ना गर्नसमेत अनुरोध गरिएको छ ।

उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले पनि मौद्रिक नीति २०७७÷७८ मा उल्लेख भएका पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा आगामी आर्थिक वर्षमा पनि कायम राख्न, कोरोनाबाट अति प्रभावितको सूचीमा गत वर्षको निर्देशनमा छुटेका केही व्यवसाय समावेश गर्न माग गरेको छ । महासङ्घले संस्थागत रुपमा नै केन्द्रीय बैंकलाई मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयका बारेमा सुझाव दिएको छ ।

महासङ्घले अति प्रभावित व्यवसायमा जाने पुनर्कर्जा सुविधामा तोकिएको रु २० करोडको सीमा बढाउन तथा अति प्रभावितभित्र पनि आगामी तीन वर्षसम्म पनि व्यवसाय सुधार हुने सम्भावना नरहेका व्यवसायलाई कूल कर्जाको ८० प्रतिशतसम्म पुनर्कर्जा सुविधा दिनुपर्ने महासङ्घको भनाइ छ ।

महासङ्घले बैंकहरुको क्षमता विकास गर्न तथा परियोजना कर्जा प्रवाह गर्दा बैंकलाई हुने जोखिम न्यूनीकरणका लागि कर्जा सुरक्षण निगममार्फत कर्जा बीमाको व्यवस्था गर्न र दातृ निकायबाट प्राप्त हुने रकम सुरक्षण प्रिमियका रुपमा प्रयोग गर्न सकिने व्यवस्था गर्न भनेको छ ।

महासङ्घले डिजिटल बैंकिङको प्रवद्र्धनलाई थप बढावा दिन, अनलाइन भुक्तानीलाई प्रोत्साहन गर्न तथा बैंकमा भौतिक उपस्थिति कम गरी कोभिड सङ्क्रमण कम गर्न अन्तर बैंक एटिएम प्रयोग तथा अनलाइन भुक्तानीलाई सहज बनाउन यसमा लाग्ने शुल्क घटाउन आग्रह गरेको छ ।

महत्वपूर्ण सरकारी कार्यालयमा सुशासन कायम गर्नसमेत महत्वपूर्ण हुने भएकाले सेवाग्राही र सेवा प्रदायकबीच भौतिक सम्पर्क नहुने गरी भुक्तानी प्रणालीको विस्तार एवम् व्यवस्थित गरिनुपर्नेमा जोड दिएको छ ।

महासङ्घले कोरोनाले प्रत्यक्ष असर पारेका हवाई क्षेत्रको कमा परिवत्र्य विदेशी मुद्रामा कर्जा लिएको हकमा नेपालमा पर्यटन आवागमन सञ्चालनमा नआउँदासम्मको अवस्थाका लागि नेपाली मुद्रामा भुक्तानी हुने व्यवस्था गर्न तथा कर्जा दिनुअघि वातावरणीय प्रभाव हेर्ने व्यवस्था खारेज गर्न केन्द्रीय बैंकलाई अनुरोध गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सले औपचारिक अर्थतन्त्रलाई भी सेपमा पुनरुत्थान गर्न सबै प्रकारका लघु, साना, मझौला, ठूला उद्योग एवम् व्यवसाय निर्यात क्षेत्र, हिला उद्यमशीलता तथा कृषि क्षेत्रका लागि थप भएको कोभिड–१९ प्रभावित पुनर्कर्जा रु दुई खर्ब तीन प्रतशित ब्याजदरमा दुईदेखि तीन वर्षसम्म विशेष व्यवस्था गरी कर्जा प्रवाह गर्न आग्रह गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लका अनुसार लघु, साना, मझौला, ठूला उद्योग, हिला उद्यमशीलता तथा कृषि क्षेत्रलाई निषेधाज्ञा अवधिभरको ब्याजमा ५० प्रतिशत छुट दिनुपर्ने, पुनर्कर्जा वितरणको कार्यविधि सरल र सहज बनाउन सुझाव दिइएको छ ।

चेम्बरले सबै उद्योग तथा व्यवसायले २०७८ असार र असोज महिनामा तिर्नुपर्ने ब्याज र साँवाको किस्ता कुनै शुल्क जरिवाना नलिई २०७८ चैत मसान्तसम्म बुझाउन सक्ने व्यवस्था मौद्रिक नीतिमा हुनुपर्ने बताएको छ ।

चालू आवको बजेटमा उल्लिखित ६.५ प्रतिशतको मुद्रास्फीति कायम राख्न चुनौतीपूर्ण नभए पनि आपूर्ति प्रणाली सहज बनाउन र सुलभ हुने खालको मौद्रिक नीति हुनुपर्ने स्पष्ट पार्दै चेम्बरले पूँजीगत खर्च प्रभावकारी बनाउन र कडाइका साथ अनुमगन गर्न माग गरेको छ ।

चेम्बरले आर्थिक गतिविधिको विस्तारका लागि एक अङ्कको ब्याजदर कायम गर्ने व्यवस्था स्पष्ट रुपमा मौद्रिक नीतिमा समावेश गर्न तथा विदेशबाट फिर्ता हुन सक्ने १५ लाख श्रमिकलाई स्वदेशमा नै रोजगारी प्रदान गर्ने गरी लगानी प्रोत्साहित गर्ने खालको नीति जरुरी रहेको बताएको छ । चेम्बरले विभिन्न ३७ बुँदामा आफनो सुझाव दिँदै घर जग्गा व्यवसायको कर्जा प्रवाह गर्दा धितो मूल्याङ्कनको कम्तीमा पनि ७० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था गर्न भनेको छ ।

नेपाल उद्योग परिसङ्घका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवालका अनुसार आर्थिक पुनरुत्थान एवम् उत्पादन वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले संरचनागत सुधार र क्षेत्रगत सहुलियत एवम् सुविधा उपलब्ध गराउनुपर्ने नै आफूहरुको प्रमुख माग हो । परिसङ्घले मौद्रिक नीतिको सुझावमा तरलता व्यवस्थापन, ब्याजदर वृद्धि नियन्त्रण, पुनर्कर्जा सुविधाको निरन्तरता र मूल्यवृद्धि नियन्त्रणमा नेपाल राष्ट्र बैंकले काम गर्नुपर्ने उल्लेख गरेको छ ।

Advertisement

आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन परिसङ्घले अगाडि सारेको ‘मेक इन नेपाल–स्वदेशी अभियान’ अगाडि बढाएको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको आधार तयार पार्ने गरी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उल्लेख गरेको छ ।रमेश लम्साल/रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top