×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

महामारीमै भारत जानेहरु भन्छन्-‘रोगभन्दा भोकको चिन्ता भयो’

१३ श्रावण २०७८

१३ साउन, महेन्द्रनगर ।

 शिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय मङ्गलबार दिउँसो कञ्चनपुरको गड्डाचौकीमा भेटिए ।

Advertisement
Advertisement

कोरोना सङ्क्रमण बढ्दा दुई महिनाअघि मात्रै स्वदेश फर्किएका उपाध्यायको आर्थिक अवस्थाले पुनःभारत जाने बाध्यता आइलाग्यो । “घरमा आयआर्जन केही छैन्”, गड्डाचौकीबाट सीमावर्ती भारतीय बजार बनबासा जाँदै गरेका उपाध्यायले भने, “कोरोनाको डर मानी क्यार्नु, परानी कसरी पाल्नु घर बसी ?”

उनले परिवारका सदस्यको सहमतिमा कोरोना त्रासका बीच आफू रोजगारीका लागि भारत जान हिँडेको बताए । “घरमा जीविका चलाउन गाह्रो भएपछि परिवारका सदस्यले नै यहाँ बसेर कसरी खर्च चल्छ भने”, उनले भने “हामीलाई त कोरोना भन्दा भोकले मर्ने स्थिति आइलाग्यो ।” उपाध्यायसित देहरादुन जान हिँडेका गाउँका अन्य तीन युवा समेतसँगै हुनुहुन्थ्यो ।

त्यसैगरी कक्षा ८ मा अध्ययनरत १५ वर्षीय छोरा उपेन्द्र बटालासहित ३६ वर्षीया गर्वा बटाला पनि भारतको सिमला जाँदै थिइन् । “कोरोनाले स्कुल बन्द भएपछि दुई÷चार महीनाको कमाइले घरखर्च त चल्ला भनेर दुई छोरी छाडेर सिमला जाँदैछु”, यहाँको बेदकोट नगरपालिका–३ दैजीका बटालाले रासससित भनिन्, “श्रीमान् नौ वर्षअघि बित्नुभयो, छोराछोरीको छाक टार्न भारत जानु नियती नै हो ।” बटालाले गाउँका मान्छेसितको साथमा सिमला जान लागेको बताइन्।

“सिमलामा पनि सजिलो काम छ भनेर गाउँलेले बोलाएपछि त्यहाँ जान हिँडेका हौंँ”, उनले भनिन्, “कोरोनाको डर मानेर के गर्नु, खान त चाहियो नी ।” उनले आफूसित दैजीमा घरबासका लागि आधा कठ्ठा जग्गा मात्रै भएको बताइन् । दैजीको शारदा माविमा अध्ययनरत उपेन्द्रले परिवारको आर्थिक समस्याले आफू पनि भारत जान लागेको बताइन्।

“हाम्रो गाउँका धेरै विद्यार्थी अहिले स्कुल बन्द हुँदा भारत मजदूरीका लागि गइरहेका छन्”, उनले भनिन्, “आमा यहाँ हुँदा अरुको घर, इँटाभट्टामा काम गरेर छाकको जोहो गर्नुहुथ्यो ।” गत चैतमा कोरोनाको दोस्रो लहरले भारत आक्रान्त भएपछि स्वदेश फर्किएका नेपाली पुनः रोजगारीका लागि भारत जान थालेका छन् ।

सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य सदियौंँदेखि भारत हो । चाडपर्व र खेतीबारीका बेला स्वदेश फर्किने तथा अरुबेला भारतमा रोजगारी गर्ने यहाँका स्थानीयवासीको परम्पराको रुपमा विकास हँुदै गएको थियो । पछिल्लो समय कोरोना कहरमा सुदूरपश्चिमका मात्रै करीब दुई लाख भन्दा बढी नागरिक स्वदेश फर्किएको तथ्याङ्क छ ।

त्यसैगरी दैजीकै १६ वर्षीय हिक्मत धामी कोरोनाको सङ्क्रमणका बीच भारतको सिमला हिँडेका छन् । “बुबा सानैमा भारतको बैङ्लोरमै बित्नुभयो”, धामीले भने, “कोरोनाको अवस्था सामान्य बन्दै स्कुल खुलेपछि फर्किने योजनामा छु ।” धामी पनि कक्षा ८ मा अध्ययनरत विद्यार्थी हो ।

त्यस्तै भारतको पिथौरागढ मजदूरीका लागि जान हिँडेका सुर्खेतका ५५ वर्षीय प्रेमबहादुर खत्रीको व्यथा पनि उस्तै छ । एक दशकदेखि मजदूरीका लागि भारत आउनेजाने गरेका खत्री कोरोनाको दोस्रो लहरबीच गत वैशाखमा आफू घर फर्किए पनि पुनः त्रासकाबीच भारत जानु बाध्यता भएको बताउँछन् ।

“उत्तराखण्डमा कोरोनाको सङ्क्रमण कम छ भन्छन्, त्यही भएर पिथौरागढमा सडक निर्माणको काममा जान हिँडेको”, उनले भने, “आफू र परिवारको भोक टार्न बाध्यताले जानै प¥यो ।” खत्रीसँगै भारत जान लागेका सूर्य गुरुङले आफूहरु दुःखले मुग्लान जान लागेको पीडा सुनाए ।

“घरपरिवारसित बस्ने रहर त कस्लाई पो हुन्न र ?”, उनले भने, “सरकारले कोरोनाबाट प्रभावितलाई रोजगारी दिने आशा थियो, त्यो त गफ मात्रै रहेछ ।” कोरोना कहर पुनः बढिरहेका बेला यहाँका शैक्षिक सङ्घ–संस्था बन्द हुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी अभिभावकसित भारत जाने क्रम बढिरहेको छ ।

“हाम्रो त सरकारी स्कुल अनलाइन कक्षा पनि पढाइ हुदैन्”, उपेन्द्रले भने, “दुई महीना पनि भारतमा काम गरे केही समय खानलाई त आउला भनेर जान लागेको हुँ ।” विद्यालयमा अध्ययन निःशुल्क भए पनि घरमा छाक टार्न आमाले गर्ने सङ्घर्ष सम्झिँदै भावुक बनेका उनले भने, “आमाले मजजूरी गरेनन् भने घरमा चुल्हो नै बल्दैन् ।”

गड्डाचौकीस्थित थ्री एन्जल्स नेपालका संयोजक बेलु वादी लकडाउन सामान्य बन्दै गएपछि महिला र बालबालिका पनि भारत जाने क्रम बढेको बताउँछन् । “असार १५ गतेयता मात्रै हामीले सातजना उमेर नपुगेका बालबालिकालाई नाकामा रोकेर परिवारसँग पुनःमिलन गरायौँं”, उनले भने“महिला पनि पछिल्लो समय रोजगारीका लागि भारत जाने क्रम ह्वात्तै बढेको छ ।”

उनले बन्दाबन्दीमा पनि महिला तथा बालबालिका बेचबिखनको जोखिम बढेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले कोरोनाको चरम अवस्थामा नेपाल–भारतमा आवागमन खुकुलो भएसँगै रोजगारीका लागि भारत जाने क्रम बढेको बताए ।

सुदूरपश्चिमका सीमानाकामा सबैभन्दा बढी कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकाबाट भारत जानेको चाप बढेको प्रहरीको भनाइ छ । मङ्गलबार गड्डाचौकीबाट ४४३ र गौरीफन्टाबाट एक हजार ४२३ व्यक्ति भारत गएको प्रवक्तासमेत रहनुभएका न्यौपानेले बताए । पछिल्लो समय गड्डाचौकी नाकाबाट भारत जानेका लागि भारतीय सुरक्षा निकायले पनि सहज बनाएको छ ।

Advertisement

केही समयअघिसम्म यो नाकाबाट भारत जान कोरोना परीक्षण रिपोर्ट अनिर्वाय गरेपछि भारतीय पक्षले नागरिकता र आधार कार्डका आधारमा भारत जान दिएको छ ।रासस

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top