मलेसियामा प्यारालाइसिसले थला परेका केवटलाई नेपाल फर्काइयो

१३ साउन ७८, बिहीबार

१३ साउन, काठमाडौँ ।

प्यारालाइसिस भएर मलेसियामाथला परेका हरिश्चन्द्र केवटलाई सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको पहलमा नेपाल फर्काइएको छ । करिव तीन महिनाअघि प्यारालाइसिस भएर थला परेका केबटलाई मलेसियास्थित जनउद्धार केन्द्रले सोमवार नेपाल फर्काइएको हो ।

एक महिनाअघि फोन मार्फत् जनउद्धार केन्द्रलाई खबर आएको भएपनि विभिन्न व्यवस्था मिलाउँदा महिना दिनको समय लागेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताए । जनउद्धार केन्द्रले लगभग ३ हप्ताको अवधिमा मलेसियास्थित नेपाली दूतावास सँग सहकार्य गरेर उनलाई नेपाल फर्काएको थापाले जानकारी दिए । उनले भने , “हामीलाई एक महिनाअघि फोन मार्फत् हरिश्चन्द्र केवटले म बिरामी छु, मलाई घर पठाउनुपर्यो भनरे फोन गर्नुभयो, वहाँलाई फलोअप गर्ने क्रममा हामीले ह्वाट्सअपबाट उहाँको स्थिती बुझेको थियौँ, स्थिती एकदमै नाजुक रहेछ, त्यसपछि नै प्रोसेस चालेकाथियौँ र लगभग ३ हप्तामा हामीले उहाँलाई मेलेसियास्थित नेपालीदूतावास र एम्बेसीसँग सहकार्य गरेर नेपाल फर्काउने व्यवस्था गर्यौं ।”

Advertisement

नेपालफर्काउने क्रममा केवटलाई कम्पनीबाट ६ हजार ३ सय रिंगेट उपलब्ध गराएको समेत थापाले जानकारी दिए । केवटलाई नेपाल फर्काउने क्रममा कम्पनीलाई मार्फत् यो रकम उपलब्ध गराएको र नेपाल फर्किने टिकट समेत कम्पनीबाटै दिलाएको उनले बताए । उनले भने, “नेपाल फर्काउन हामीले एम्बेसीसँग हिमालय एयरलाइन्ससँग कोर्डिनेट गरिदिन अनुरोध गरेँ, त्यसपछि उहाँलाई नेपाल फर्काउने टिकट र ६ हजार ३ सय रिंगेट कम्पनीलाई चिठी मार्फत् चेतावनी िदँदै कम्पनीबाटै उपलब्ध गरायौँ, उहाँलाई ५ सय रिंगेट मेरो पहलमा जनउद्धार समितिबाट उपलब्ध गराएँ ।”

उनले जनउद्धार केन्द्रले स्थापना कालदेखि हालसम्म १७ वटा यस्तै प्रकारका केस र जम्मा ३ सय ५० जति मलेसियाबाट नेपाल फर्काएको बताए । सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपालीहरुको मृत्युपछि अस्पतालमा थुप्रिएका शवहरु नेपाल ल्याइएको थियो । जसमा धेरै लाशहरुको बीचमा ह्वीलचियरमा देखिएका केवटको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top