देशले प्रतिगमन स्वीकार्ने छैन, कमल थापाजीहरू खुसी हुन जरुरी छैन : मिलन पाण्डे

१४ साउन, काठमाडौं ।
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीलाई सफल बनाउन स्पष्ट नीति तथा कार्यक्रमहरू सहितको दस्ताबेज ल्याउने र केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्ने बताएका छन् । उनलेले पार्टीले र देशले प्रतिगमन नस्वीकार्ने पनि बताएका छन् ।

Advertisement

अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्ताव सार्वजनिक गरेपछि राजनीति संयोजक पाण्डेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

पाण्डेले सामाजिक सन्जालमा लेखेका छन्– ‘मलाई धेरै साथीहरूले अब पार्टी कसरी अगाडि बढ्छ भनेर सोध्दै हुनुहुन्छ । पार्टीमा, अब, यो पार्टीको स्थापना कालदेखिको मर्म र आशालाई समेटेर पार्टीलाई कसरी सफल बनाउने र प्रोग्रेसिभ बनाउने स्पष्ट नीति र कार्यक्रमहरू सहितको दस्ताबेज आउने छ। अब केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्छ ।’

Advertisement

उनले व्यवस्था परिवर्तनको नाउँमा देशलाई २०–२५ वर्ष पछाडि धकेल्न नहुने पनि बताएका छन् । उनले लेखेका छन्, ‘ढुक्क हुनुहोस्, पार्टीले अनि देशले प्रतिगमन स्विकार्ने छैन । फेरि देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन । समाजलाई विभाजित गर्ने छैन । देशलाई फेरि व्यवस्था परिवर्तनको नाउँमा २०–२५ वर्ष पछाडि धकेल्ने छैन ।’

अध्यक्ष मिश्रले गरेको संघीयता खारेज गर्न, धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्तावमा समर्थन जनाएका राप्रपा अध्यक्ष कमल थापा, एमाले नेताहरु महेश बस्नेत र गोकुल बास्कोटाप्रति लक्षित गर्दै उनले भनेकान छन्– ‘कमल थापाजीहरू, महेश बस्नेतजीहरू र गोकुल बास्कोटाजीहरू खुसी हुन जरुरी छैन ।’

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top