नेपाली सेनाले भदौदेखि चैतसम्म बख्तरबन्द गाडीको सडक अभ्यास गराउने

१४ साउन ७८, बिहीबार

१४ साउन, काठमाडौं ।
नेपाली सेनाले भदौ महिनादेखि काठमाडौंमा बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल)को सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ । बाहिटी ब्यारेक सितापाइलाले बख्तरबन्द अभ्यासका लागि मिति र रुट सार्वजनिक गरेको छ ।

Advertisement

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले सेनाको मेकानाइज्ड युनिटहरुबाट सकल दर्जाहरुको ड्राइभिङ सीप अभिवृद्धि गर्न सडकमा बख्तरबन्दको अभ्यास गराउन लागेको जनाएको छ ।

काठमाडौंको सितापाइलामा तैनाथ गणले भदौ महिनादेखि चैतसम्म बख्तरबन्द गाडीको अभ्यास गर्ने जनाइएको छ । सो गणले भदौ १४, असोज ११, कात्तिक १५, मंसिर १३, पुस १२, माघ १०, फागुन २३ र चैत १४ गतेसम्म काठमाडौंमा बख्तरबन्दको अभ्यास हुने जनाएको छ ।

Advertisement

बख्तरबन्द ब्यारेकबाट स्वयम्भु–बालाजस–चक्रपथ–चाबहिल–गौशाला–कोटेश्वर–सातदोबाटो–कंलकी हुँदै ब्यारेक फिर्ता हुनेछ । धनगढीको बोराडाँडी ब्यारेकमा भने आज बिहीबार नै बख्तरबन्दको अभ्यास हुने भएको छ । बख्तरबन्द ब्यारेकबाट सोडीरी, मिलन चोक, चठकपुर हुँदै ब्यारेक फिर्ता हुनेछ । साथै साउन २१ र २८ गते, भदौ ३, १०, १७ र २५ गते पनि बख्तरबन्दको अभ्यास हुने भएको छ ।

त्यस्तै इटहरीको ब्यारेकमा भदौ १८, २५ र ३२ बख्तरबन्दको अभ्यास हुने भएको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top