कांग्रेसले पाँच दिन भित्र सदस्यता विवाद टुंग्याउने

१४ साउन, काठमाडौँ ।

नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ । बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शिर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको हो ।

विवादित विषयहरुलाई पाँच दिनभित्र शिर्ष नेताले टुंग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने नेता रमेश लेखकले जानकारी दिए । उनले भने – ‘हामी क्रियाशील सदस्यता छानविन समितिले नेताहरुलाई हाम्रो प्रतिवेदन बुझाइसकेका छौँ १२ गते । हामीले जुन मापदण्ड बनाएका थियौँ । क्रियाशील सदस्यता छानविन समितिले नेताहरुकै परामर्शबाट हामीहरुले मापदण्ड बनाएका थियौँ र त्यो मापदण्डले हाम्रो समितिमा सहमतीले निर्णय हुन नसकेका विषयहरुलाई केन्द्रीय नेताहरुको तहमा निर्णय गर्ने भनेर हाम्रो मापदण्डमा थियो । हामीले क्रियाशील सदस्यताको छानविनको अधिकांश काम सकिसकेका छौँ । केही विषयहरु केन्द्रीय नेतृत्वमा नै, केन्द्रीय नेताहरुको तहमै निर्णय गर्नुपर्ने भनेर हामीले पहिचान पनि गरिसकेका छौँ । त्यो पहिचान गरेका विषयहरु प्रतिवेदनमा उल्लेख गरेर केन्द्रीय नेताहरुको तहमा हामीले प्रस्तुत गरेका छौँ । आजको छलफल परामर्श पछि केन्द्रीय नेताहरुको तहमा प्रस्तुत गरिएका विषयहरु, निर्णयका लागि प्रस्तुत गरिएका विषयहरुमा केन्द्रीय नेताहरुको तहबाटै छलफल गरेर निर्णय गर्ने भन्ने निर्णय भएको छ । र उहाँहरुले त्यो निर्णय गर्नुहुन्छ र त्यसपछि अरु प्रक्रियाहरु पनि अगाडी बढ्छन् । अरुपार्टीबाट आएका मानिसको समायोजन गर्ने विषय छन् । ५ दिनभित्र नेताहरुले निर्णय गर्ने भनिएको छ । त्यसपछि निर्वाचन समितिका कामहरु अघि बढ्छन् ।’

कांग्रेसमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएकाहरुको, धनुषा क्षेत्र नं. ४, सर्लाही क्षेत्र नं. २ का साथसाथै बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यहरुको बारेमा पार्टी नेतृत्वले टुंग्याउनुपर्ने नेता लेखकले जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top