समावेशी आयोगको गुनासो : सरकारले महत्व दिएन

१४ साउन, काठमाडौँ ।
राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले आयोगलाई सरकारले महत्वका साथ हेर्न नसकेको गुनासो गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय समावेशी आयोगका पदाधिकारीसँग गरेको छलफलमा अध्यक्ष डा. तिमल्सिनाले गुनासो गरेका छन् ।

छलफलमा राष्ट्रिय समावेशी आयोगकाअध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले आयोगका कर्मचारीको दरबन्दी कम भएको र दरबन्दी खाली हुँदापनि कर्मचारी नआउने गरेकाले काम गर्न असहज भएको बताए । आयोगलाई संविधानले परिकल्पना गरे अनुरुप काम गर्न दिनको निम्ति भौतिक र मानविय स्रोत, साधनको विकास गर्नुपर्ने बताए । आयोगले दिएको रिपोर्टहरु सरकारले कार्यान्वयन नगरेको उनले बताए । आयोगले हाल खस, आर्यकोे थर सूचीकरण गरेर रिपोर्ट प्रकाशन गर्न बाँकी रहेको, पिछडा वर्गको अध्ययन गर्ने योजनामा रहेको बताए । कर्णाली प्रदेशका लागि प्याकेजमा काम गर्न लागेको पनि उनले बताए ।

सांसद देव गुरुङले आयोगहरुले संविधानको मापदण्ड र विधिको शासनको पालना गर्नुपर्ने बताए । आयोगको सम्बन्धमा सर्वोच्चमा मुद्धा विचाराधिन रहेको भन्दै उनले अदालतले के आदेश दिन्छ त्यसपछि विगतका कमी, कमजोरीहरुलाई सच्याउनुपर्नेमा उनको जोड छ । समावेशी आयोगले क्षेत्रीय उत्पीडन, कर्णाली क्षेत्र र पिछडीएको क्षेत्रलाई हेर्नुपर्ने उनले बताए ।

नेपालका आयोगहरु सत्यनारायणको प्रसाद जस्तो भएः मिन विश्वकर्मा
सांसद मिन विश्वकर्माले राष्ट्रिय समावेशी आयोग लगायतका नेपालका आयोगहरु सत्यनारायणको प्रसाद जस्तो भएको टिप्पणी गरे । उनले समावेशी आयोगको उपदेयिताको सम्बन्धमा प्रश्न तेस्र्याए । संविधानमा अधिकारको बाँडफाँड गर्न डाडुपन्यू बोकेर बसेकाहरुले समावेशी आयोग बनाएको उनले बताए ।

सांसद लक्ष्मणलाल कर्णले आयोगले माग गरेजति आर्थिक तथा जनशक्ति दिनुपर्नेमा जोड दिए । अन्यथा आयोगले काम गर्न नसक्ने उनको भनाई छ । उनले सबै आयोगको अवस्था उस्तै रहेको भन्दै आवश्यक रकम निर्धारण नै गर्नुपर्ने बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top