×

NEPAL TIMES UPDATES

Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026

भारतलाई हराउँदै श्रीलंकाले जित्याे सिरिज

१५ श्रावण २०७८

१५ साउन, एजेन्सी ।
श्रीलंकाले भारतसँगको तीन टि२० आई सिरिज २–१ ले जितेको छ । बिहीबार आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा भउको तेस्रो तथा अन्तिम टि२० आई खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिज जित्न सफल भएको हो ।

जितको लागि ८२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १४।३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंका धनन्जय डि सिल्भा २० बलमा २ चौका सहित २३ रनमा अविजित रहे । वानिन्दु हसरंगा ९ बलमा १ चौका सहित १४ रनमा अविजित रहे ।

Advertisement

ओपनर अविष्का फ्रेनान्डोलाई स्पिनर राहुल चाहरले १२ रनमा कट एण्ड बोल्ड आउट गरे । मिनोद भानुकालाई चाहरले १८ रनमा एलबिडब्लू आउट गरे । मिनोदले २७ बलमा १ चौका प्रहार गरे । सदिरा समराविक्रमलाई चाहरलेनै ६ रनमा बोल्ड आउट गरे । भारतका स्पिनर राहुल चाहरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको भारत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८१ रन बनाएको थियो । भारतका कुलदीप यादवले सर्वाधिक २८ बलमा २३ र तीव्र गतिका बलर भुवनेश्वर कुमारले ३२ बलमा १६ रन जोडेका थिए । भारतको यो टि२० आई इतिहासको तेस्रो कम योगफल हो । भारतको टि२० आईमा सर्वाधिक कम योगफल सन् २००८ मा अष्ट्रेलियाविरुद्ध ७४ रन थियो । २०१६ मा न्युजिल्यान्डविरुद्ध ७९ अल आउट भएको थियो ।

पहिलो ओभरको चौथो बलमा कप्तान शिखर धवन शून्यमा क्याच आउट भएका थिए । धवन तीव्र गतिका बलर दुश्मन्था चामिरा बलमा धनन्जय डि सिल्भाबाट क्याच आउट हुन पुगे । चौथो ओभरको अन्तिम बलमा बायाँ हाते युवा ब्याट्सम्यान देवदत्त पाडिक्कललाई रमेश मेन्डिसले ९ रनमा एलबिडब्लू आउट गरे । पाडिक्कलले १५ बलमा १ चौका प्रहार गरे ।

चार बलपछि विकेटकिपर सन्जु स्यामसनलाई स्पिनर वानिन्दु हसरंगाले शून्यमा एलबिडब्लू आउट गरेपछि भारत संकटमा परेको थियो । वानिन्दुले एक बलपछि ओपनर ऋतुराज गायकवाडलाई १४ रनमा एलबिडब्लू आउट गरेका थिए । ऋतुराजले १० बलमा २ चौका प्रहार गरे ।

कप्तान दासुन शनाकाले नवौं ओभरको अन्तिम बलमा नितिश राणालाई ६ रनमा कट एण्ड बोल्ड आउट गरेपछि भारत ३६–५ को संकट अवस्थामा पुगेको थियो । पाँच ब्याट्सम्यानका साथ मैदान उत्रेको भारत एक समय आफ्नो टि२० आई इतिहासको कम योगफलमा समेटिने डर बढेको थियो । तर कुलदीप र भुवनेश्वर कुमारले त्यो संकट टारेका थिए ।

छैटौं विकेटका लागि भुवनेश्वर कुमार र कुलदीप यादवले ३५ बलमा सर्वाधिक १९ रनको साझेदारी गरेका थिए । राहुल चाहर पाँच र बरुणचक्रबर्ती शून्य मा आउट भए । चेतन सकारिया ५ रनमा अविजित रहे । भारतबाट बाउन्डीको रुपमा चार चौका मात्र प्रहार भएको थियो ।
श्रीलंका स्पिनर वानिन्दु हसरंगा ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । वानिन्दुको टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । दासुन शनाकाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । दुश्मन्था चामिरा र रमेश मेन्डिसले एक एक विकेट लिए । भारत पहिलो खेलमा ३८ रनले विजयी हुँदा दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो ।

Advertisement

यसअघि तीन ओडिआई सिरिज भारतले २–१ ले जितेको थियो ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top