नेपाली विद्यार्थीले बनाएको सुपरसोनिक रकेटको परीक्षण सफल

१५ साउन, काठमाडौं।
नेपाली विद्यार्थीले बनाएको छोटो दुरीको सुपरसोनिक रकेटको परीक्षण सफल भएको छ। राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको सो रकेटको बिहीबार नेपाली सेनाको फायरिङ स्टेसनमा परीक्षण सफल परिक्षण गरिएको हो ।

Advertisement

ध्वनीको भन्दा तिब्र गतिलाई सुपरसोनिक गति भनिन्छ। उक्त रकेट सोही गतिमा उड्ने हो । रकेट २।१ किलोमिटर माथिसम्म पुगेको थियो। पाँचौं पटकको प्रयासमा रकेटको सफल परीक्षण गरिएको रकेट निर्माण टोलीका एक इन्जिनियरले बताएका छन्। सुपरसोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो। उचाइमा पुगेको रकेट प्यारास्युटको मद्दतमा झारिएको थियो ।

Advertisement

६।१ फिट लम्बाइ रहेको रकेटको तौल ९ किलो छ। रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top